
काठमाडौँ । श्रीलङ्काका लागि नेपालका राजदूत पूर्णबहादुर नेपालीले त्यहाँका राष्ट्रपति अनुराकुमारा दिसानायकेसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राजदूत नेपालीले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको कोलोम्बोस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।
त्यस अवसरमा राजदूत नेपालीले राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट श्रीलङ्काली राष्ट्रपतिको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका जनताको निरन्तर शान्ति एवं प्रगतिको कामना गर्नुभएको थियो ।
राजदूत नेपालीलाई स्वागत गर्दै राष्ट्रपति दिसानायकेले राष्ट्रपति पौडेलको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको शान्ति एवं समृद्धिको कामना गर्नुभएको थियो । त्यस अवसरमा श्रीलङ्काका विदेशमन्त्री, राष्ट्रपति कार्यालयका सचिव, राजदूतकी धर्मपत्नी, राष्ट्रपतिको कार्यालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल