
विराटनगर । कोशी प्रदेशसभाको चालु छैटौँ अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुँदैछ ।
कोशी सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष चालु अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार आजको बैठकले ‘कोशी प्रदेश जनस्वास्थ्य नियमावली, २०८१’ लाई स्वीकृति गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री भण्डारीले समस्याग्रस्त सहकारी संस्था तथा सङ्घ व्यवस्थापन समितिको सदस्य–सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गरिएको बताउनुभयो । उहाँका अनुसार समस्याग्रस्त सहकारी व्यवस्थापन समिति कार्यालयका लागि एक करोड २८ लाख ६० हजार रुपैयाँ बाँडफाँट गर्न स्वीकृति प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानका लागि अनुमानित सीमा एक अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमानित सीमा एक अर्ब १० करोड रुपैयाँँ स्वीकृत गर्ने निर्णय गरेको छ ।
साथै उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि . एक करोड ५० लाख रुपैयाँ बाँटफाँड गर्न स्वीकृत प्रदान गरेको मन्त्री भण्डारीले जानकारी दिनुभयो ।
राजनीतिक तथा प्रशासन समितिबाट परिमार्जित ‘आर्थिक मामिला तथा योजना मन्त्रालय र मातहतका कार्यालयको सङ्गठन संरचना तथा दरबन्दी तेरिज, २०८१’ पनि आजकै बैठकले स्वीकृत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ