
मोरङ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौला राष्ट्रियसभा सदस्य बन्नुभएको छ ।
राष्ट्रियसभाको अध्यक्ष बन्ने योजनासहित कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बन्नुभएका सिटौलाले नेकपा एमाले–राप्रपा गठबन्धनका उद्धव पौडेललाई ७ सय ३० मतभारले पछाडि पार्दै निर्वाचित हुनुभएको हो ।
सिटौलाले प्रदेशसभातर्फ २ हजार ३ सय ८५ मतभार पाउनुभएको छ । पौडेलले २ हजार ४ सय ९१ मतभार प्राप्त गर्नुभएको छ। स्थानीय तहतर्फ सिटौलाले २ हजार ९ सय ७ र पौडेलले २ हजार ७१ मतभार पाउनुभएको छ ।
सिटौलाले कूल ५ हजार २ सय ९२ र पौडेलले ४ हजार ५ सय ६२ मतभार पाउनुभएको निर्वाचन आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै