
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले मैथिली, नेपाल र अवधि भाषामा निःशुल्क समाचार सेवा शुरु गरेको छ ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको अध्यक्षतामा हालै भएको सञ्चालक समितिको बैठकले कात्तिक १३ गतेदेखि समितिमा दर्ता हुने मैथिली, नेपाल र अवधि भाषाका प्रकाशन तथा प्रसारणगृह (छापा, डिजिटल पत्रपत्रिका तथा श्रव्य एवं श्रव्यदृश्य) लाई निःशुल्क समाचार सेवा उपलब्ध गराउने निर्णय गरेको हो ।
मातृभाषाको जगेर्ना गर्ने उद्देश्यले पहिलो चरणमा तीन भाषामा समाचार उत्पादन गरी वितरण प्रारम्भ भएको हो । निःशुल्क समाचार वितरणबाट प्रायः बन्द भएका र हुने अवस्थामा पुगेका सञ्चारसंस्था यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ । बन्द भएका ती भाषाका सञ्चारगृह पुनः सञ्चालनमा आउने र समस्यामा परेका सञ्चार संस्थाले ती भाषामा उत्पादन भएका समाचार प्रकाशन तथा प्रसारण गरेपछि मातृभाषाको संरक्षणमा योगदान पुग्ने विश्वास समितिको रहेको अध्यक्ष झाले बताउनुभयो ।
मैथिली र अवधि आर्य भाषा हुन् । यी नेपालमा मात्र होइन भारतमा समेत बोलिन्छन् । मैथिली भाषा विशेषगरी मिथिला क्षेत्रका साथै कोशी र मधेश प्रदेशमा बोलिने मूल मातृभाषा हो । नेपालमो सबैभन्दा बढी बोलिने दोस्रा भाषा पनि मैथिली हो ।
अवधि लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलवस्तु र सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा बोलिन्छ ।
नेपाल भाषा मुलुकको प्राचीन तथा समृद्ध भाषा हो । यो काठमाडौँ उपत्यका तथा आसापासका क्षेत्र सिन्धुपाल्चोक, मकवानपुर, रामेछाप, काभ्रेपलाञ्चोक, म्याग्दी, तनहुँ, कास्की, सुनसरी, धनकुटा लगायत जिल्लामा बोलिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार कूल जनसङ्ख्याको ११ दशमलव शून्य पाँच प्रतिशत अर्थात् ३२ लाख २२ हजार तीन सय ८९ जना मैथिली र अवधि एवं नेपाल भाषा २.९६ प्रतिशत अर्थात् अवधि आठ लाख ६४ हजार दुई सय ७६ र नेपाल भाषा आठ लाख ६३ हजार तीन सय ८० जनाले बोल्ने गरेका छन् । नेपालको कूल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ रहेको छ ।
निःशुल्क समाचार सेवाका निम्ति भद्रकालीस्थित राससको केन्द्रीय कार्यालय, सेवाग्राही शाखाको टेलिफोन नम्बर ०१–५३६२५२१ मा सम्पर्क गर्न सम्बद्ध सबैमा समितिले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध