
काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मुलुकलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधनका रुपमा मिडियाको दुरुपयोग नगर्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउनुभएको छ ।
गैरजिम्मेवार र आधारहीन सूचना सम्प्रेषण गर्ने युट्यूब र अनलाइन मिडियालाई काउन्सिलले निगरानीमा राखेको र कारबाही गर्दै आएको उहाँले जानकारी दिनुभयो । ‘आफूलाई मिडियाको परिचय दिइ विभिन्न स्वार्थ पूरा गर्न हावादारी सूचना दिने काम कतिपयबाट भएका छन् । समाजलाई अस्थिरता र अराजकतातिर धकेल्ने साधन बन्ने र मलजल गर्ने मिडिया कारबाहीमा परिरहेका छन्’, बिहीबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतले भन्नुभयो ।
उहाँले योजनावद्ध किसिमले गलत र मिथ्या सूचना दिनु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले त्यस्ता पत्रकारको परिचयपत्र खोस्नेदेखि हदैसम्मको कारबाही गर्ने अभियानमा काउन्सिल जुटेको बताउनुभयो ।
‘युट्यूब र अन्य सामाजिक सञ्जालले आफू कतै, कुनै गलत तत्व वा गिरोहबाट परिचालित त भइरहेका छैनौँ भन्नेतर्फ हमेशा ख्याल गर्नुपर्छ । त्यसरी परिचालित हुनु प्रेस स्वतन्त्रताको गम्भीर उल्लङ्घन हो । यस्तोमा काउन्सिलले हस्तक्षेप गर्छ’ उहाँले भन्नुभयो ।
प्रेस काउन्सिलले युट्यूब माध्यमलाई व्यवस्थित बनाउन कार्यविधि बनाई वर्गीकरण गरेको छ । बिनादर्ता सञ्चालनमा रहेका र आपत्तिजनक, गैरजिम्मेवार सञ्जाललाई अपराधजन्य कसुरमा कारबाही गर्दै आएको छ । पछिल्लो ३ महिनायता ४९ विभिन्न युट्यूब च्यानल काउन्सिलको कारबाहीमा परेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने