
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार स्वामी ज्ञानानन्द सरस्वतीलाई प्रदान गरेको छ ।
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २११औँ जयन्तीका अवसरमा परिषदद्वारा आयोजित कार्यक्रममा प्राध्यापक शिवगोपाल रिसालले पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशि एक लाख २५ हजार रुपैयाँ रहेको छ । परिषद्ले विसं २०५२ देखि नेपाली साहित्यका क्षेत्रमा विशिष्ट योगदान पु-याउने व्यक्तित्वलाई पुरस्कार प्रदान गर्दै आएको छ ।
यसअघि शनिबार बिहान परिषद्का तर्फबाट दरबार हाइस्कुल अगाडि रहेको आदिकवि भानुभक्त आचार्यको प्रतिमामा माल्यार्पणगरी नेपाली भाषा र साहित्यका क्षेत्रमा उहाँले पु-याउनुभएको योगदानका बारेमा स्मरण गरिएको परिषद्का अध्यक्ष रमा शर्माले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव