
गण्डकी । प्रगतिशील लेखक सङ्घ, गण्डकीको अध्यक्षमा प्रा डा यदुनन्दन उपाध्याय चयन हुनुभएको छ ।
शनिबार पोखरामा सम्पन्न सङ्घको तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कमला पौडेल र निर्मल सापकोटा, सचिवमा रुपिन्द्र प्रभावी जोशी तथा कोषाध्यक्षमा गीता तिवारीलाई चयन गरिएको छ ।
त्यसैगरी सङ्घको गोरखाका अध्यक्ष विश्वेश्वर कट्टेल, लमजुङका अध्यक्ष वासुदेव थापा, तनहुँका अध्यक्ष विनोदकुमार विक, स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, कास्कीका अध्यक्ष छवि सुवेदी विजयी, नवलपुरका अध्यक्ष काशीराम गैरे, पर्वतका अध्यक्ष आनन्द रिमाल, बागलुङका अध्यक्ष विजय राना तथा म्याग्दीका अध्यक्ष लीला गाउँले पदेन सदस्य रहनुभएको छ ।
अधिवेशनमा बाबुराम सुवेदी, श्रीभद्र पौडेल, भोलाप्रसाद बस्ताकोटी, नारायण लम्साल, युवराज पौडेल, शम्भु अर्याल, अर्जुनप्रसाद सुवेदी, लोकनाथ पुडासैनी, रञ्जना खत्री, भरत बागलुङे, गणेश अधिकारी, छन्दमणि त्रिपाठी, निर्मल पौडेल, लक्ष्मी सिग्देल, नेपालप्रकाश अधिकारी, शोभासिंह ठकुरी र आकाश अधिकारीलाई सदस्यको जिम्मेवारी दिएको छ ।
अधिवेशनमा सङ्घका संस्थापक अध्यक्ष लोकबहादुर थापालाई ‘गण्डक साहित्य पुरस्कार’बाट सम्मानित गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध