
लुम्बिनी । नेपाली लेखक सङ्घको अध्यक्ष पदमा वियोगी बूढाथोकी विजयी हुनुभएको छ ।
केही बेरअघि सम्पन्न मतगणनामा बुढाथोकीले ११५ मत प्राप्त गरी विजयी हुनुभएको जनाइएको छ । उहाँका प्रत्यासी डा रत्नमणि नेपालले ५९ मत प्राप्त गर्नुभयो ।
सङ्घको सहअध्यक्षमा मनोज न्यौपानेले १०२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी डा शैलेन्दु प्रकाश नेपालले ६९ मत प्राप्त गर्नुभयो । महासचिवमा सोझो गाउँलेले १२६ मत प्राप्त गरी विजयी हुँदा प्रतिस्प्रर्धी प्रकाश विमिलले ४९ मत प्राप्त गर्नुभयो ।
सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा कूल ३९ पदका लागि ४६ जनाले उम्मेदवारी दिनुभएको थियो । त्यसमध्ये छ उपाध्यक्ष, एक उपमहासचिव, एक कोषाध्यक्ष, चार सचिव र २४ सदस्य पदमा एकल उम्मेदवारी दर्ता भएकाले उहाँहरू स्वतः निर्विरोध निर्वाचित हुनुभयो ।
सङ्घको उपाध्यक्षमा दामु मर्सिफुल, डा ईश्वरमणि अधिकारी, डा विष्णु केसी र डा शशि थापा पण्डित, कोषाध्यक्षमा विसुकुमार केसी, उपमहासचिवमा नारायण सापकोटा, सचिवमा निर्मल ढुङ्गाना, डा लोकेन्द्रबहादुर खड्का, मिलन समीर र निर्मला कोइराला निर्वाचित हुनुभएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाङले बताउनुभयो ।
निर्वाचनमा कूल १८२ जनामध्ये १७६ जनाले मतदान गर्नु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध