
काठमाडौँ । रमा–कृष्ण सृजना प्रतिष्ठानले २०८० सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान समालोचक चूडामणि बन्धुलाई प्रदान गर्ने भएको छ ।
चैत २३ गते काठमाडौँमा कार्यक्रम आयोजना गरी साहित्यकार एवं समालोचक बन्धुलाई सम्मान प्रदान गरिने प्रतिष्ठानका महासचिव यादव भट्टराईले बताउनुभयो ।
त्यही समारोहमा वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार सङ्गीतकार बुलु मुकारुङलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार मनिषराज पाण्डेलाई प्रदान गरिने छ ।
यसैगरी, प्रतिष्ठानले २०८१ सालको कवि भवानी घिमिरे स्मृति रमा–कृष्ण साहित्य सम्मान साहित्यकार अभि सुवेदीलाई, वीरझागल गुरु¬ङ स्मृति रमा–कृष्ण जनजाति उन्नयन पुरस्कार राजकुमार श्रेष्ठलाई र डा हर्क गुरुङ स्मृति रमा–कृष्ण विज्ञानप्रविधि पुरस्कार इन्द्रप्रसाद सुवेदीलाई प्रदान गरिने जानकारी उहाँले दिनुभयो ।
प्रतिष्ठानको हालैको बैठकले निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध