
खोटाङ । दिक्तेल बजारमा ‘खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुँदैछ ।
आगामी वैशाख दोस्रो साता दिक्तेल बजारमा ‘दोस्रो बृहत् खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन गर्न लागिएको हो । नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते सङ्घ खोटाङको संयुक्त आयोजनामा वैशाख–१५ गतेदेखि २० गतेसम्म दिक्तेल बजारमा खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव सञ्चालन हुने भएको हो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म सञ्चालन हुने महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्ससहित खुला ब्याडमिन्टन, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन, सन् २०५० भित्र ओलम्पिक पदक जित्ने खेलाडी जिल्लामै उत्पादन गर्ने लगायतका उद्देश्यसहित महोत्सवको आयोजना गरिएको नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभयो ।
महोत्सवमा दश वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षमाथि पुरूषको दुई किलोमिटर, आमाहरूको पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिको छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुनेछ । पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटर र महिलारपुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता सञ्चालन हुने आयाजकले जनाएको छ ।
दश वर्षमुनिका छात्रछात्रा एक माइल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले . चार हजार, तीन हजार र एक हजार ५ सय रुपैयाँ, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले पाँच हजार ५ सय, ३ हजार ५ सय र २ हजार ५ सय रुपैयाँका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
बाह्र वर्षदेखि १५ वर्षमुनिको छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले सात हजार ५ सय, ६ हजार ५ सय र ५ हजार ५ सय, ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद १५ हजार, दश हजार र सात हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
पन्ध्र वर्षमाथिका पुरूष महिला दश किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले नगद १५ हजार, दश हजार, सात हजार र महिला पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले नगद ७७ हजार ७ सय ७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, ७ हजार ७७७ र ५ हजार ५५५ रुपैया पुरस्कार पाउने जनाइएको छ ।
खुला पुरूष ब्याडमिन्टनअन्तर्गत १५ वर्षमुनिका सिङ्गलमा प्रथम, द्वितीय र तृतीय हुनेले सात हजार ७७७, ६ हजार ६६६, पाँच हजार ५५५, खुला सिङ्गलमा प्रथम, द्वितीय, तृतीय हुनेले १५ हजार ५५५, ११ हजार १११, पाँच हजार ५५५ प्राप्त गर्नेछन् । खुला डबलमा प्रथम, द्वितीय र तृतीय हुनेले २० हजार, १५ हजार, दश हजार रुपैयाँ तथा ४५ वर्षमाथिका डबल र खुला मिक्स ब्याडमिन्टनमा प्रथम, द्वितीय र तृतीय हुनेले ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ रुपैयाका दरले पुरस्कार पाउनेछन् ।
खुला बुद्धिचालमा प्रथम, द्वितीय र तृतीय हुनेले ४० हजार, २५ हजार, १५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र पाउनेछन् । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा ब्याटमिन्टन र साहित्य महोत्सव हुने जनाइएको छ ।
महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ रुपैयाँ लाग्ने अनुमान गरिएको नेपाल सितोरियो कराते सङ्घ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभएको छ ।
जिल्लाका दशवटै स्थानीय तह र शुभेच्छुकको आर्थिक सहयोगमा महोत्सव गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध