
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानलाई अनुसन्धानमा केन्द्रित गरिने बताउनुभएको छ । प्रतिष्ठानको ४१ औँ प्राज्ञसभामा उहाँले अनुसन्धानमूलक उत्कृष्ट कृतिलाई प्रकाशन गरिने बताउनुभयो ।
‘सभाले परम्परा धान्नेभन्दा फरक विषयमा छलफल गरी कार्यान्वयनमा लैजाने निर्णय गर्नुपर्छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका साथै बजेटका विषय विस्तृत छलफल गर्नु आवश्यक छ । प्रतिष्ठानलाई नयाँ ढङ्गले निर्देशित गर्ने विषयमा सभामा विशेष रुपमा छलफल गरिन्छ’ कुलपति राईले भन्नुभयो ।
भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले प्रतिष्ठानले विगतका कामको मूल्याङ्कन गरी योजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आयोगले भोजपुरी भाषामा शब्दकोश र व्याकरण बनाउन लागेको भन्दै यसमा प्रतिष्ठानको सहयोग आवश्यक पर्ने बताउनुभयो ।
वरिष्ठ आख्यानकार डा धु्रवचन्द्र गौतमले प्रतिष्ठानले कस्ता पुस्तक छाप्ने भन्ने प्रष्ट व्यवस्था नहुँदा समस्या भइरहेको भन्दै यसको समीक्षा गरेर प्रष्ट व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । ‘कस्ता पुस्तक छाप्ने भन्ने प्रतिष्ठानले स्पष्ट मापदण्ड बनाउनुपर्ने पर्छ । सबै विधाका बौद्धिक पुस्तक प्रतिष्ठानले छाप्नुपर्ने प्रावधान भए सहज हुन्छ उहाँले भन्नुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, संस्कृति महाशाखा प्रमुख डा सुरेशसुरश श्रेष्ठले मुलुकका प्राज्ञको सभाले आगामी वर्ष गरिने कार्यक्रम छनोट गरी बजेट पारित गर्ने जानकारी दिनुभयो ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव कुष्मा महराले प्रतिष्ठान सबैको हुनुपर्नेमा जोड दिनुभयो । ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने नारालाई यथार्थ रुपमा कार्यान्वयन गरिनुपर्ने उहाँको भनाइ छ ।
प्रतिष्ठानका उपकुलपति विमल निभा र सदस्य सचिव डा धनप्रसाद सुवेदी लगायतले प्राज्ञसभाले गर्ने निर्णयका बारेमा जानकारी गराउनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध