
काठमाडौँ। सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।
अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ ।
“पुस्तक सांस्कृतिक बौद्धिकता कसरी अभिवृद्धि गर्ने, कुशल वक्ता कसरी बन्ने विषयका लागि मार्गदर्शक बन्नेछ”, लेखिका सुले भन्नुभयो, “आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चारका लागि सहयोगी हुने विश्वास लिएकी छु ।”
एघार अध्याय रहेको पुस्तक कुशल वक्ता बन्न चाहनेका लागि मार्गदर्शक बन्नेमा लेखक सुले विश्वास व्यक्त गर्नुभयो । “सम्भाषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुतिको शैलीलाई प्रभावकारी बनाउनका लागि पुस्तक सहयोगी बन्न सक्छ”, उहाँले भन्नुभयो । प्रभावकारी सञ्चारमार्फत कुनै पनि व्यक्तिमा निहित अथाह सम्भावना प्रस्फुटन गराउन सकिने भन्दै उहाँले यस पुस्तक सहयोगी हुने बताउनुभयो ।
लेखक सुले पुस्तकमा आत्मविश्वास बढाउने शैली, सञ्चार शैली प्रभावकारी कसरी बनाउने भन्ने विधि उल्लेख गर्नुभएको छ । सरल सुझाव र सजिलो लेखन शैलीको पुस्तकमा व्यक्तिगत र व्यावसायिक क्षमता अभिवृद्धिका लागि अन्तर–सांस्कृतिक सीप बढाउन चाहनेका लागि उपयोगी मानिएको छ ।
‘स्पिकफ्लुएन्स ग्लोबल’ संस्थाको संस्थापक एवं प्रबन्ध निर्देशकका साथै अधिवक्ता समेत रहनुभएकी लेखक सु ल सोसाइटी अफ अपर क्यानडाको सदस्य हुनुहुन्छ । उहाँ पछिल्लो दुई दशकयता आफ्नो व्यवसायिक अनुभवका आधारमा सकारात्मक सोच प्रबर्द्धनमा सक्रिय हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै