
काठमाडौँ । नुरगङ्गा प्रतिभा पुरस्कार गुठीले यस पटकको नुरगङ्गा राष्ट्रिय पुरस्कार लोकगायक राजु परियारलाई प्रदान गर्ने भएको छ । गुठीको हालै सम्पन्न साधारणसभाले एक लाख रुपैयाँको ‘नुरगङ्गा राष्ट्रिय गायन पुरस्कार’ लोकगायक राजु परियारलाई प्रदान गर्ने निर्णय गरेको हो ।
गुठीले लोकगायन, साहित्य, बाल साहित्य र नवप्रतिभा लगायतलाई मिलाएर हरेक वर्ष एक विद्यामा राष्ट्रिय र अन्य विद्यामा क्षेत्रीय साहित्य तथा नवप्रतिभा लगायतका पुरस्कार प्रदान गर्दै आएको छ । यही प्रकृया अनुसार यस पटक नुरगङ्गा राष्ट्रिय पुरस्कार लोकगायक परिवारलाई दिइने भएको हो । लमजुङमा जन्मिएर ३ दशकदेखि गायनमा सक्रिय परिवारको अहिलेसम्म करिब १५ हजार गीत रेकर्ड भइरहेका छन् ।
पुरस्कार आगामी जेठ ११ गते प्रदान गरिने गुठीका सदस्यसचिव यज्ञप्रसाद शर्मा पोखरेलले जानकारी दिनुभएको छ । गुठीले ३० वर्षदेखि कला साहित्य संस्कृतिका क्षेत्रमा सक्रिय सर्जकलाई पुरस्कृत गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना