
काठमाडौँ । सामाजिक क्षेत्रमा काम गर्दै आएको मातृभूमि सेवक सङ्घ तथा डा विहारीलाल श्रेष्ठ स्मृति कोषद्वारा समाजसेवाका क्षेत्रमा उल्लेख्य भूमिका निर्वाह गरेका व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा सङ्घले राष्ट्रसेवा पुरस्कार तुलसादेवी हरिहर फाउण्डेसनका अध्यक्ष सरु सुवेदी र चितवनको देवघाटमा रहेको गार्गीकन्या गुरुकुललाई संस्थागत रुपमा प्रदान गरेको हो ।
सुवेदीले तुलसालय आश्रम सञ्चालन गरी अनाथ, तथा असहाय बालबालिका एवं ज्येष्ठ नागरिकको संरक्षणका क्षेत्रमा काम गरेको तथा गार्गीकन्या गुरुकुलले वैदिक सनातन धर्म संस्कृतिको जगेर्ना गर्ने काम गरेकाले सो पुरस्कार प्रदान गरिएको डा विहारीलाल श्रेष्ठ स्मृति कोषका स्वयंसेवक सुमन पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार गार्गीकन्या गुरुकुल संस्थालाई ३५ हजार रुपैयाँ र सुवेदीलाई १५ हजार १ सय १ रुपैयाँसहित सम्मान पत्र प्रदान गरिएको छ ।
विसं २०५९ मा स्थानपना भएको डा विहारीहलाल श्रेष्ठ स्मृति कोषले धर्म, संस्कृति, राष्ट्रियताका साथै अनाथ, असहाय बालबालिका र वृद्धवृद्धाको संरक्षणका क्षेत्रमा काम गर्दै आएका व्यक्ति तथा संस्थालाई पुरस्कृत गर्दै आएको छ ।
उहाँका अनुसार डा विहारीलाल श्रेष्ठको आज वैशाख १२ गते स्मृति दिवसको अवसर पारेर पुरस्कार वितरण गरिएको हो । डा श्रेष्ठले नेपालमा हाडजोर्नीसम्बन्धी रोगको विशेषज्ञ चिकित्सकका रुपमा सेवा गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना