
गुल्मी । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ ।
‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको पुरस्कार गुल्मीमा जन्मेर निरन्तर सृजनामा लाग्नुभएका स्रष्टा भण्डारीलाई पुरस्कृत गर्ने निर्णय भएको पुरस्कार छनोट समितिका संयोजक दीन पन्थीले बताउनुभयो ।
गुल्मीको सत्यबती गाउँपालिकाको जोहाङ् खैरेनीमा २०१० भदौ २५ गते जन्मनुभएका भण्डारी समालोचक, कवि र निबन्धकारका रुपमा परिचित हुनुहुन्छ । उहाँका २८ पुस्तक भएका छन् ।
विसं २०३३ मा रुरुक्षेत्र गाउँपालिका–४ अन्तर्गत बलेटक्सारमा जन्मनुभएकी जानकी ज्ञवाली साहित्य र मानव अधिकारको क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँको ९ वर्ष अघि ३९ वर्षको उमेरमा निधन भएपछि उहाँका श्रीमान् शङ्करप्रसाद गौतमले उहाँको स्मृतिमा किरण पुस्तकालय तम्घासमार एक लाख ५१ हजार १ सय ५१ रुपैयाँ को अक्षय कोष स्थापना गर्नुभएको थियो । कोषको ब्याजबाट हरेक पुरस्कार प्रदान हुँदै आएको छ ।
पुरस्कारबाट साहित्यकार सूव सेन (सूर्यबहादुर सेन) भागरिथी श्रेष्ठ, रामप्रसाद पन्त र नारद गौतम र रुद्र ज्ञवाली पुरस्कृत भइसक्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना