
काठमाडौँ । लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ सार्वजनिक भएको छ ।
अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रबार आयोजित कार्यक्रममा विमोचन गरिएको हो ।‘बोरा’ उपन्यासमा नेपाली समाजमा वृद्ध अभिभावकप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको लेखक भण्डारीले जानकारी दिनुभएको छ ।
उपन्यास आफना सन्तानबाट अपहेलित आमाको कथामा आधारित भएको उहाँले बताउनुभयो । “यो सत्य घटनामा आधारित उपन्यास हो । पात्रका समग्र हुलिया भने परिवर्तन गरिएको छ”, लेखक भण्डारीले भन्नुभयो, “सले आफनै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक दर्दनाक परिस्थितिलाई समेटिएको छ । तर मैले भेटेको यथार्थको पात्र र परिवेश उपन्यासमा फेरिएका छन् । यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक लेखन हो ।”
पिसबुक प्रालिद्धारा प्रकाशित उपन्यासमा ४ सय ७० पृष्ठको छ । पुस्तकको मूल्य ७ सय रुपैयाँ छ । लेखक एवं पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेख्नुभएको थियो । उहाँले पत्रकारिता क्षेत्रमा ‘समाचारमा भाषा’ पुस्तक समेत लेख्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना