
काठमाडौँ । राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालको ‘अविरल जनसाहित्य यात्रा–८८’ मा शनिबार प्रगतिवादी कवि भवानी पौडेलका कविता प्रस्तुत गरिएको छ ।
कार्यक्रममा कवि पौडेलले ‘देश बनाउन आऊ’, ‘धर्ती बनाऊ सौरभ’, ‘फिडेल क्यास्ट्रोको सम्झनामा’ ‘सिर्जनाको मूल’, ‘हाम्रो घर’ र ‘आमा’ तथा सहयोगी कविहरू शारदा केसी क्षेत्रीले पौडेलका ‘त्यो युद्ध’, रूपक अलङ्कारले ‘चैतन्य फेरौँ अब’, सुभानी उपाध्यायले ‘साझा मान्छे’, डम्बर पहाडीले ‘मोटे सार्की’ र हरिशचन्द्र गौतमले ‘अब जाग्नुपर्छ’ शीर्षकका पौडेलका कविता वाचन गर्नुभएको थियो ।
प्रस्तुत कवितामा टिप्पणी गर्दै समीक्षक डा गोविन्दप्रसाद आचार्यले सामाजिक रूपान्तरणका पक्षमा साधना गर्ने स्रष्टाका कवितामा आशावाद र सामाजिक यथार्थ आउनैपर्ने बताउनुभयो । “कवितामा मानवीय पीडा अभिव्यक्त भएको छ, सामाजिक विभेदको जीवन्त चित्र पनि खिचिएको पाइन्छ । समाजमा भ्रम छर्नेका विरुद्ध हाम्रा सिर्जनाले चेतना सम्प्रेषण गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले राजनीतिले मूर्तरूप लिएपछि सामाजिक रूपान्तरण गर्न राजनीति र संस्कृतिको मेल आवश्यक भएकाले समाजलाई जोड्न संस्कृतिकर्मीको महत्त्वपूर्ण भूमिका हुने बताउनुभयो ।
सङ्घका अध्यक्ष राम विनयले स्रष्टाले अराजकतावादको विरोधसहित स्पष्ट विचारका साथ सामाजिक रूपान्तरणका पक्षमा सन्देश सम्प्रेषण गर्नुपर्ने बताउनुभयो ।
अविरल शृङ्खलाका संयोजक डा हरिप्रसाद सिलवालले विसं २०३४ फागुन १२ गते कपिलवस्तुमा जन्मिएकी पौडेलका ‘समयको सारङ्गी’ कविता सङ्ग्रह प्रकाशित छ भने पछिल्ला दिनमा उहाँ आख्यान लेखनमा पनि सक्रिय रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना