
काठमाडौँ । नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क थेयङले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी सहकार्यका सम्बन्धमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ । अर्थ मन्त्रालयमा शुक्रबार भएको भेटमा अर्थमन्त्री पुनले नेपालको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा कोरियाले निरन्तर लगानी गर्दै आएको उल्लेख गर्नुहुँदै कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग ९कोइका०को लगानीमा हाल विभिन्न ११ आयोजनामा लगानी भएको र ती आयोजनाको प्रगति सन्तोषजनक रहेको बताउनुभयो ।
नेपालले आगामी वैशाखमा आयोजना गर्न लागेको लगानी सम्मेलनमा कोरियाली लगानीकर्ताको उल्लेख्य सहभागिताका लागि पहल गरिदिन पनि अर्थमन्त्री पुनले राजदूत थेयङलाई आग्रह गर्नुभयो । अन्तर्राष्ट्रिय लगानी आकर्षित नगरी मुलुकको विकास सम्भव नहुनेमा नेपाल स्पष्ट रहेकाले त्यसको वातावरण बनाउनका लागि आवश्यक नीतिगत र कानुनी अड्चन हटाउन सरकार लागिरहेको पनि उहाँको भनाइ छ । नेपालको कृषि, ऊर्जा, पर्यटन र प्रविधिको क्षेत्रमा लगानीको राम्रो सम्भावना रहेको चर्चा गर्नुहुँदै अर्थमन्त्री पुनले दक्षिण कोरियाको विकास मोडलबाट नेपालले धेरै कुरा सिक्न बाँकी रहेको बताउनुभयो ।
यसअघिका विकास साझेदारी कार्यक्रम र रोगजारी प्रणाली ९इपिएस० लाई निरन्तरता गर्दै लगिने राजदूत थेयङले बताउनुभयो । नेपाल–कोरिया दौत्य सम्बन्ध स्थापनाको ५०औँ वर्ष पुग्न लागेको अवसरमा कोरियाले नेपालमा थप लगानी गर्न चाहेको जानकारी पनि उहाँले दिनुभयो ।
कोइकाले नेपाललाई विगत १५ वर्षदेखि नै प्राथमिकतामा राखेको तथा इपिएस सम्झौता भएका १६ देशमध्ये नेपाल सबैभन्दा अगाडि रहेको उल्लेख गर्नुहुँदै राजदूत थेयङले विकास साझेदारीका लागि नेपालको कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रलाई कोरियाले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । हाल गण्डकीमा सञ्चालित ‘कोरियन भोकेसनल सेन्टर’लाई सात प्रदेशमा विस्तार गर्ने नीति रहेको पनि उहाँले जानकारी गराउनुभयो ।
नेपालले आगामी सन् २०२६ भित्र अतिकम विकसित मुलुकबाट स्तरोन्नति गरिसक्नुपर्ने भएकाले त्यसलाई सघाउ पुग्ने गरी कोरियाले विकास साझेदारीको आयातन बढाउन चाहेको राजदूत थेयङको भनाइ छ । आगामी मे महिनाबाट कोरियन कम्पनी हुण्डाईले नेपालमै गाडी उत्पादनको काम थालेर वार्षिक चार हजार पाँच सय गाडी उत्पादन गर्ने लक्ष्य राखिएकामा त्यसका लागि केही कानुनी र प्रक्रियागत जटिलता देखिएकाले समाधान गरिदिन राजदूत थेयङले आग्रह गर्नुभयो ।
कोरियाले नेपालमा धेरै विदेशी लगानी भित्रियोस् र रोजगारीका अवसर सृजना होओस् भन्ने चाहना राखेकाले लगानी सम्मेलन सफल पार्न सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । ‘धेरै देशले नेपालमा लगानीको चाहना राखेको मैले पाएको छु । धेरै देशबाट ठूलो सङ्ख्यामा वैदेशिक लगानी भित्रियोस् र नेपालको समृद्धिमा योगदान गरोस् । हामी अन्तर्राष्ट्रिय समुदायलाई त्यसका लागि सहजीकरण गर्छौं’ राजदूत थेयङले भन्नुभयो ।
नेपालले दोहोरो कर मुक्ति सम्झौता र लगानी संरक्षण ‘ग्यारेन्टी’ गर्नुपर्नेमा उहाँको चासो थियो । राजदूत थेयङले रोजगार प्रणालीअन्तर्गत कोरियामा काम गरेर फर्किएका नेपालीका लागि व्यवसायमा सहयोग गर्ने नीति रहेको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कैलाश–मानसरोवरसम्मको अविस्मरणीय यात्रा
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल