
काठमाडौँ । नेपाल एपिएफ क्लबको आयोजनामा भएको १२ औँ सहवीर स्मृति खुला लनटेनिस प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि प्रदीप खड्काले जितेका छन् ।
हल्चोकस्थित नेपाल एपिएफ क्लबको लन टेनिस कोर्टमा आज भएको फाइन खेलमा प्रदीपले रितिक रानालाई ६–४, ३–६ र ६–० ले पराजित गर्दै उपाधि कब्जा गरेका हुन् । त्यही विधाको महिलातर्फको खेलमा अभिलासा विष्टले उपाधि जितिन् । उनले माहिका राणालाई ६–२ र ६–४ ले पराजित गरी उपाधि जितेकी हुन् ।
मिक्स डबलमा रितिक राना र अभिलाषा विष्टको जोडीले प्रदीप खड्का र माहिका राणाको जोडीलाई ६–४, २–६ र १०–६ ले पराजित गरी उपाधि जित्न सफल भए । ३५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको खेलमा अनिल शाहीले भीष्मजङ्ग गुरुङलाई ६–३ र ६–० ले र ३५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ इलुम दिक्षित र जितेन्द्र परियारको जोडीले कमल भण्डारी र यज्ञबहादुर भण्डारीको जोडीलाई ४–६, ६–३ र १०–८ ले पराजित गरी उपाधि हात पारे ।
४५ वर्ष भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा रोहित सुनुवारले महेश श्रेष्ठलाई ६–२, ६–४ ले र ४५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ कमलबहादुर भण्डारी र उत्तम शेर्पाको जोडीले देगेन्द्र श्रेष्ठ र महेश श्रेष्ठको जोडीलाई ६–३ र ७–५ ले पराजित गरी उपाधि जितेका छन् ।
५५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा विमल वाइबाले राजु श्रेष्ठलाई २–६, ६–१ र १०–४ ले र ५५ वर्षमाथि भेन्ट्रान्स डबलतर्फ विमल वाइबा र हिमाल शाहको जोडीले कमल थापा र छम्बा ढुण्डुपको जोडीलाई ६–३ र ६–४ ले पराजित गरी उपाधि जितेका छन् ।
६५ वर्षमाथि भेन्ट्रान्स एकलतर्फको फाइनल खेलमा कमल थापाले मनोज राणालाई ४–१ र ४–२ ले र इन्टर गभरमेन्ट डबलतर्फ उत्तम बोगटी र अमित गुरुङको जोडिले विक्रम गुरुङ र चन्द्रबहादुर थापाको जोडीलाई ६–२, २–६ र १०–७ ले पराजित गरी उपाधि जितेका छन् ।
विजेता खेलाडीलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पुरस्कार प्रदान गर्नुभयो । उहाँले खेलकुदले सङ्गठन र राज्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आईरहेको बताउनुभयो । खेल प्रतिभामा निखारपन ल्याउन यस्ता प्रतियोगिता फलदायी रहने महानिरिक्षक अर्यालले विश्वास व्यक्त गर्नुभयो ।
चैत ४ गतेदेखि भएको प्रतियोगितामा विभिन्न ११ विधामा प्रतिस्पर्धा गरिएको थियो । एक सय ६२ जना खेलाडी प्रतिस्पर्धामा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- उपराष्ट्रपति यादव र भियतनामकी समकक्षी सुआनबीच भेटवार्ता
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ