
कर्णाली । नेपाली कांग्रेसका युवानेता भूपेन्द्रजङ्ग शाहीले सल्यानको कपुरकोटबाट हुम्लाको सिमकोटसम्मको ‘सङ्गठन सुदृढ यात्रा’ तय गर्नुभएको छ ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबार पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस ‘सङ्गठन सुदृढ यात्रा’ शुक्रबार सल्यानबाट शुरु गर्नेगरी तय भएको जानकारी दिनुभएको छ । कर्णाली प्रदेशका १० वटै जिल्लामा पुग्नेगरी ‘नेपाली कांग्रेस सङ्गठन सुदृढ यात्रा’ सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।
नेपाली कांग्रेसको गौरवशाली इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान, वर्तमान पुस्ताको ऊर्जालाई अभिवृद्धि र भावी पुस्तालाई कांग्रेसमा जोड्ने तथा अग्रजदेखि युवा पुस्तासम्म भेटघाट, छलफल, बहस, अन्तक्र्रियाको माध्यमबाट पार्टीलाई भावनात्मकरूपमा एकताबद्ध गराएर सङ्गठनलाई बलियो एवं सशक्त बनाउँदै थप ऊर्जाशील र गतिशील बनाउने मूल उद्देश्यले पार्टी ‘सङ्गठन सदृढ यात्रा’ थालिएको नेता शाहीले बताउनुभयो ।
कांग्रेसलाई चलायमान र जागृत गर्दै भातृसंस्था तथा शुभेच्छुक संस्थाका नेता, पार्टी पङ्क्ति र कार्यकर्तामा नयाँ आशा, भरोसा र नयाँ ऊर्जा थप्न, उत्साह तथा उत्प्रेरणा जगाउन यात्रा अभियान आरम्भ गर्न लागिएको नेता शाहीको भनाइ छ । ‘गाउँ टोल तहमा रहेर काम गरिरहेका नेता, कार्यकर्ता नै सङ्गठनका मूल आधार हुन्’ उहाँले भन्नुभयो– ‘पार्टीलाई जनतासँग जोड्न र जनताको भावनालाई पार्टीसम्म जोड्न यो अभियानले धरातलमै भेटेर संवाद गर्नेछ ।’
कांग्रेसलाई सशक्त, सवल, प्रभावकारी, सुदृढ, लोकप्रिय, बलियो र गतिशील पार्टी बनाउने पार्टी सदस्यको कर्तव्य र दायित्व भएको उल्लेख गर्दै नेता शाहीले अभियानका लागि केन्द्रीय तथा प्रदेश नेतृत्वसँग सल्लाह सुझाव लिइएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल