
काठमाडौँ। महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शनका लागि आएका स्वदेश तथा विदेशका गरी तीन हजार दुई सय ८९ साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिएको छ ।
आज बिहान ११ बजेदेखि सबै साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव राजुकुमार खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार ‘क’ वर्गका आठ, ‘ख’ वर्गका २५, ‘ग’ वर्गका २८, ‘घ’ वर्गका ४०, ‘ङ’ वर्गका ४५, ‘च’ वर्गका ८२, ‘छ’ वर्गका एक सय ४३, ‘ज’ वर्गका दुई सय ५२, ‘झ’ वर्गका तीन सय ५७, ‘ञ’ वर्गका दुई सय ५५, ‘ट’ वर्गका आठ सय २२ तथा अन्य मगन्तनारायण एक हजार दुई सय ३२ गरी कूल तीन हजार दुई सय ८९ साधुसन्त महाशिवरात्रिमा पशुपतिनाथमा आएका थिए ।
महाशिवरात्रिमा पशुपतिनाथ आएका साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिएर बिदाइ गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । उहाँका अनुसार कोषले स्वदेश तथा विदेशबाट आएका साधुसन्त बाबालाई पाशुपत क्षेत्रमा खिर खुवाएर, दानभेटी, मिष्ठान्न प्रसाद दिएर बिदाइ गरेको हो । बिदाइ गर्दा गुठी संस्थानले बाबाहरुलाई दक्षिणा दिने प्रचलन छ ।
नागाबाबा, गोरखनाथ सम्प्रदायका नवनाथ बाबा, वैरागी, सन्यासी र सामान्य बाबाको वर्गीकरण गरी उनीहरुलाई दक्षिणा दिने प्रचलन रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गुठी संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गर्ने विधि रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो