
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा जितेन्द्रको सुनकाण्ड छानविन निर्देशन दिनुभएको छ।
पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्र सुन तस्करीमा संलग्न भएको विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि गृहमन्त्री लामिछानेले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई बोलाएर त्यसबारे अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।
गृहमन्त्री लामिछानेल पूर्वउपराष्ट्रपति पुनका छोराको सुनकाण्ड छानविन निर्देशन दिनुभएको उहाँको सचिवालयकी प्रतिभा रावलले जानकारी गराउनुभएको छ । ‘गृहमन्त्रीज्यूले आईजीपी सा’बलाई बोलाएर छानविन गर्न निर्देशन दिनुभएको छ’ रावलले भन्ुभयो ‘बाहिर आएका विषयहरु के–के हुन्, त्यसबारे बुझेर अनुसन्धान अघि बढाउन भन्नुभएको छ ।’
प्रहरी प्रधान कार्यालय उच्च स्रोतले पनि यो विषयमा आफूहरुको जानकारीमा पहिल्यै आइसकेको बताउँदै प्रारम्भिक जाँच शुरु गरिसकिएको बताएको छ ‘यो विषय बाहिर आउने बित्तिकै के हो भन्ने विषयमा अध्ययन थालिसकेका थियौं’ प्रहरी स्रोतले भन्यो, ‘गृह मन्त्रालयबाट पनि यसलाई गम्भीरतापूर्वक लिन निर्देशन आएको छ ।’
पूर्वउपराष्ट्रपति पुनका छोरा जितेन्द्रमाथि बुबाको आडमा सुन तस्करी गरेको आरोप छ । जितेन्द्रले चीनको एक कम्पनीसँग उधारोमा ४ किलो सुन किन्न २०१९ अक्टोबर ६ मा गरेको तमसुक बाहिरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो