
काठमाडौँ । नेपाली साहित्यमा महिला लेखनले सामाजिक विसङ्गतिका विषयवस्तुलाई अझ सशक्त रुपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ ।
११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका सन्दर्भमा नेकपा (एमाले) को साहित्य, कला तथा संस्कृति विभागले आज आयोजना गरेको ‘नेपाली साहित्यमा लेखनको वर्तमान अवस्था स् चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा कार्यपत्र प्रस्तोता र टिप्पणीकर्ताले सामाजिक र पारिवारिक चुनौतीबीच महिला लेखकहरुले साहित्यका विविध विधामा आफ्नो उपस्थितिलाई अघि बढाएको जनाउँदै उनीहरुका लागि समाज र परिवारले उचित वातावरण दिनुपर्ने बताउनुभयो ।
एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले संविधानले महिलाका हक अधिकारलाई स्थापित गर्ने सवालमा उल्लेखनीय स्थान दिए पनि व्यवहारतः त्यसको कार्यान्वयन गराउन लेखनीबाट पनि सहयोग हुनुपर्ने बताउनुभयो । नेत्री शाक्यले महिलाहरु परिवर्तन र रुपान्तरणका बाहक भएकाले उनीहरु एक भएर हिम्मत र आँटका साथ अघि बढेमा सामाजिक अन्यायलाई परास्त गर्न सक्षम हुने बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै सह–प्राध्यापक डा रजनी ढकाल र उप(प्राध्यापक डा विन्दु शर्माले महिला लेखनले निकै उचाइ हासिल गरिसकेका दृष्टान्त प्रस्तुत गर्दै महिला लेखनका माध्यमबाट परम्परागत र धार्मिक अन्धतामा आधारित मिथकहरुमा भएका असमानतालाई चिर्ने काम गरेको विवेचना गर्नुभयो ।
कार्यपत्रमाथि लेखक डा अर्चना थापा र उप–प्राध्यापक डा कुमारी लामाले टिप्पणी गर्नुभएको थियो । प्राध्यापक केशव सुवेदीले मातृशक्तिको महत्ता र सामथ्र्यबारे प्रकाश पार्दै बदलिँदो सामाजिक परिवेशमा महिलाहरुलाई लेखनमा स्वायत्तता सृजना हुँदै जानु सकारात्मक भएको बताउनुभयो ।
विभागका प्रमुख रघुजी पन्तले महिला लेखनका सन्दर्भमा विस्तृत बहस र अध्ययनको वातावरण निर्माण गर्न निरन्तर छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यपत्र प्रस्तोताहरुले प्राध्यापकीय समालोचनाका शैलीबाट फरक भएर बहुआयामिक पक्षमा विचार र विषयवस्तु पस्कन आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै