
बागलुङ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको बताउनुभएको छ ।
धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उहाँले उल्लेख गर्नुभयो ।
बागलुङ नगरपालिका–६ पञ्चकोटमा फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यकोे पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा जोड्न सकेको बताउनुभयो ।
‘दामोदर कुण्ड, मुक्तिनाथ र त्रिवेणीधामलाई पवित्र कालीगण्डकीले जोडेको छ, यहाँको धार्मिक क्षेत्रको प्रसार गर्नका लागि पञ्चकोटमा विशाल महायज्ञ आयोजना भयो, यति ठूलो महायज्ञ सम्पन्न गरेकामा यहाँका सङ्कल्पकर्ता र स्थानीयलाई धन्यवाद दिन चाहन्छु’ अध्यक्ष ओलीले भन्नुभयो– ‘स्थानीयको मानवीय भावना र मातृत्वलाई संस्थागत गर्न पञ्चकोटले ठूलो योगदान पुर्याएको पाए, पञ्चकोटले पवित्र कालीगण्डकी, शालग्राम शिला र बह्माण्डको संरक्षणका लागि महायज्ञ आयेजना गर्नु आफैँमा सन्देशमूलक छ ।’
धर्मको नाममा अन्य राष्ट्रमा भइरहेको अत्याचार, हिंसा र अपराधलाई निरुत्साहित गर्दै नेपाली समाज मिलेर बसेको उल्लेख गर्दै अध्यक्ष ओलीले नेपालीको मनलाई धर्मले संस्थागत गर्दै एकापसमा मानवीय भावना पैदा गरेको बताउनुभयो । एउटा व्यक्तिको सङ्कल्पमा पञ्चकोटमा विशाल संरचना तयार भएको भन्दै उहाँले स्वामी कमलनयनाचार्यको प्रशंसा गर्नुभयो ।
अध्यक्ष ओलीले पञ्चकोटको पूर्वाधारका लागि सङ्घीय सरकारले विनियोजन गरेको १० करोड रुपैयाँ उपलब्ध गराउन पहल गर्ने बताउनुभयो ।
त्यस अवसरमा स्वामी कमलनयनाचार्यले २०७१ फागुन ९ गते पञ्चकोटमा निर्माण थालिएको १०८ फिट अग्लो विश्वशान्ति कलशको शिलान्यास समारोहमा सहभागी भएर अध्यक्ष ओली संस्थापक सदस्यसमेत हुनुभएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले स्वामी कमलनयनाचार्यले पञ्चकोट गृह जिल्लामा मात्र नभएर मुस्ताङ, म्याग्दीसहितका जिल्लामा धार्मिक पूर्वाधार निर्माण गरिरहनुभएको उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो