+

सुसाइड नोट शालीनले नै लेखेको पुष्टि

चितवन । शालीन पोखरेलको मृत्यु प्रकरणमा फेला परेको सुसाइड नोट उनैले लेखेको पुष्टिभएको छ । मंगलबार आएको रिपोर्टअनुसार सुसाइड नोट शालीनले नै लेखेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिनुभएको छ।

उहाँका अनुसार सुसाइड नोटको परीक्षण गर्न चितवन प्रहरीले नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो। 

सुसाइड नोटसँगै प्रहरीले शालीनको नोट कापी र उत्तरपुस्तिका पनि पठाएको थियो। तीनै वटामा शालीनले नै लेखेको रिपोर्ट प्रहरीले प्राप्त गरेको हो । प्रयोगशालाले त्यसको रिपोर्टमा ‘कमन अर्थर’ अर्थात एकै लेखकले लेखेको भनेर रिपोर्ट पठाएको हो। 

उनले आफ्नो नोटमा ‘एभ्रिबडी आई एम सरी’ लेखेको प्रहरीले जनाएको छ। 

यसअघि आइतबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले दिएको पोष्टमर्टम रिपोर्टमा पनि शालीनको झुण्डिएर मृत्यु भएको उल्लेख थियो। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनको झुण्डिएर मृत्यु भएको देखिएको थियो। तर मृतकका परिवारले हत्या र बलात्‍कार भएको दाबी गरेको थियो। 

परिवारले ज्यानसम्बन्धी कसुरमा जाहेरी समेत दिएको थियो। जसपछि प्रहरीले प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सहप्रधानाध्यापक ४० वर्षीय किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई प्रहरीले फागुन १५ गते पक्राउ गरेको थियो। 

उनीहरूमाथि सोमबार थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत चितवनले अनुमति दिएको थियो। सरकारी वकिल कार्यालय चितवनले पनि पोष्टमर्टम र सुसाइड नोटको परीक्षण गर्न निर्देशन दिएको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट