
काठमाडौँ । मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् ।
जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छ भने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ ।
बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आज दिउँसो ३ बजे गठबन्धनको बैठक छ । भोलि बिहान ८ बजे जसपा कार्यकारिणी समितिको बैठकले आफ्तर्फबाट सहभागी हुने मन्त्रीको निर्णय गर्नेछ ।”
नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपालबीच नयाँ सहकार्यका आठ बुँदामा सोमबार सम्बन्धित पार्टीका अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको थियो ।
यता जनमत पार्टीले पनि गठबन्धन सरकारलाई दिएको समर्थनलाई निरन्तरता दिएकाले नयाँ परिस्थितिमा पार्टीको रणनीति के हुने भन्नेबारे आधिकारिक धारणा तय गर्ने सो पार्टीका प्रवक्ता डा शरदसिंह यादवले बताउनुभयो । “पार्टीको सचिवालय बैठक हिजो आज जारी रहेको । अहिलेको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै, गठबन्धनको निरन्तर र पार्टीको अडानका बारेमा बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।
उहाँले मधेस प्रदेशमा मुख्यमन्त्रीलगायत विषयमा निचोड निकालेर सरकारमा सहभागी हुने÷ नहुनेबारे पार्टीले आजै निर्णय गर्ने जानकारी दिनुभयो ।
यसैबीच, लोसपा पनि नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीको धारणा बनाउन छलफलमा जुटेको छ । आज पनि बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुरसहित शीर्षनेताहरुको बैठक बसेर निर्णय लिने सो पार्टीका महासचिव डा सुरेन्द्र यादवले बताउनुभयो ।
उहाँका अनुसार आज बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लोसपाका अध्यक्ष ठाकुरले भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच मुलुकको समसामयिक परिस्थितबारे कुराकानी भएको थियो । “प्रधानमन्त्री दाहालले यही गठबन्धन सरकारमा सामेल भएर सहयोग गर्न आग्रह गर्नुभएको छ, लोसपा अध्यक्ष ठाकुरले यस विषयमा पार्टीमा छलफल गरी निर्णय लिने जवाफ दिनुभएको थियो”, अध्यक्ष ठाकुरलाई उद्धृत गरी महासचिव झाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री