
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आवश्यक अनुसार नेपाली कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर नयाँ समीकरण बनाउनु परेको बताउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले आइतबार नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को ७७औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै आजदेखि देशको परिस्थिति छिटोछिटो हिँड्न खोजेको उल्लेख गर्नुभयो। ‘यहाँहरुलाई थाहा छ आज देशको परिस्थिति‘आजको दिन चाहिँ आज अलिक छिटो छिटो हिँड्न खोजेको जस्तो लागिरहेको छ, त्यो भएर म यहाँ आउन पनि ढिला भयो ।’ कार्यक्रममा निर्धारित समय भन्दा ढिलो पुग्नुभएका ओलीले भन्नुभयो– ‘देशको परिस्थिति छिटो छिटो हिँड्न खोजेर ढिला भयो । त्यतापट्टि अल्यायो। अल्मलायो । देशमा परिवर्तन आवश्यक छ, हुन्छ । जेसुकै परिवर्तन भएपछि हामी मिसना ०८४ छाड्दैनौं। हामी एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य हो ।’
ओलीले राजनीतिमा छिटोछिटो परिवर्तन हुन खोजिरहेको उल्लेख गर्दै राजनीति कति प्रभावकारी ढंगले अघि बढ्छ भन्नेमा भर पर्ने तर्क गर्नुभयो । ‘जे होस् आंशिक ढंगले देशको भताभुंग बिग्रिएको अवस्था छ’ उहाँले भन्नुभयो– ‘त्यस अवस्थाबाट सकारात्मक बाटोमा फर्किन्छ भन्ने विश्वास व्यक्ति गरेको छु । आज केही परिवर्तन हुन्छ । तपाईंहरुले यसो मोबाइलमा हेर्दै गर्नुभए हुन्छ ।’
अध्यक्ष ओलीले एमालेको लागि मिसन ०८४ चुनाव जित्नको लागि मात्रै नभएको बताउनुभयो । ‘हामी एमालेलाई स्थापित निर्णायक तहमा विकास गर्दैछौं । त्यसको मापन के हो भने निर्वाचनबाट मात्रै हुन्छ’ उहाँले भन्नुभयो– ‘कति भोट कति सिट भन्ने कुराले कहाँनेर छ भन्ने कुरा निर्धारण गर्छ। त्यसले राष्ट्रिय शक्ति निर्णायक भयो भने राष्ट्रियताको रक्षा गर्छ। यथास्थितिवादी र प्रतिगामी शक्तिहरु निर्णायक हुँदै गए भने देश अफ्ठ्यारोमा पर्छ ।’
अध्यक्ष ओलीले कृषिको आधुनिकीकरण र औद्योगिक क्षेत्रमा व्यापक विकास गरेर रोजगारी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले जिफन्टका नेता–कार्यकर्तालाई मजदूर र तल्लो वर्गको हितका साथै सिङ्गो समाजको हितमा केन्द्रित भएर काम गर्न निर्देशन दिनुभयो ।
मजदूरहरुले हड्ताल र बन्द गर्न नपर्ने गरी नीतिगत र कानुनी प्रबन्ध गर्दै कार्यान्वयनमा लाग्न आग्रह गर्दै उहाँले युवालाई उद्यमशीलतामा परिचालित गरेर रोजगारी बढाउन पनि आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो