
काठमाडौँ । अपाङ्गता भएका महिलाहरूको राष्ट्रिय सम्मेलन आजदेखि शुरु भएको छ ।
‘मलाई पनि तिमीसँगै गणना गरः मेरो आवाजले अर्थ राख्छ’ भन्ने नाराका साथ गरिएको सम्मेलन काठमाडौँ घोषणापत्र जारी गर्दै फागुन २० गते सम्पन्न हुनेछ । कार्यक्रममा सातै प्रदेशबाट ३६ जना अपाङ्गता भएका महिला र महिला एवं अपाङ्गताको क्षेत्रमा काम गर्दै आएका राष्ट्रिय स्तरका संस्थाका प्रतिनिधि गरी ९० जनाभन्दा बढीको सहभागिता छ ।
अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा महिला र अपाङ्गताका क्षेत्रमा काम गर्दै आएका संस्थाहरु दलित महिला सङ्घ (फेडो) राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला सङ्घ नेपाल, नेत्रहीन महिला सङ्घ नेपाल, एक्सेस प्लानेट नेपाल र पहिचान नेपालको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।
सम्मेलनको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर उद्घाटन गर्नुभयो । सम्मेलनमा राष्ट्रियसभा सदस्य पदम परियार, राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुली, समावेशी आयोगका प्रतिनिधिलगायतको समेत उपस्थिति छ । उपसभामुख रानामगरले अपाङ्गता भएका महिलाका सवालमा आफू चिन्तित रहेको र आफ्नो तर्फबाट नीतिगत तहबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।
दलित महिला संघ (फेडो)को अध्यक्ष कला स्वर्णकारले अपाङ्गता भएका महिलाहरुको विविधता, अन्तरसम्बन्धताका सवाल, अर्थपूर्ण सहभागिता र न्यून प्रतिनिधित्व तथा सिमान्तकृत अपाङ्गता भएका महिलाहरुको सवाल एवं समस्याको पहिचान गरी सोको सम्बोधनका लागि नीति निर्माणको निर्णायक तहका व्यक्ति र सरोकारवाला निकायलाई दबाब दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो