
काभ्रे । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाबाट बाग्मती प्रदेशको राजधानी हेटौँडा जोडिएको जनमुक्तिमार्गको स्तरोन्नतिको काम भइरहेको छ । गौरवको आयोजनाका रुपमा हेरिएको यस सडकखण्डअन्तर्गत हाल कच्ची सडक स्तरोन्नति गर्दै पक्की बनाउने कामलाई तीव्रता दिइएको हो ।
छोटो दूरीका रुपमा रहेको उक्त मार्गको तीन चरणमा स्तरोन्नतिको काम अघि बढाएको पूर्वाधार विकास कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । बीपी राजमार्ग र हेटौँडा जोड्ने मदनभण्डारी राजमार्गसम्म जोड्न पहिलो चरणमा रोशी गाउँपालिकाको पिन्थली हुँदै रजबास–भूमिचूली–बुढाखानी–तीनखुट्टे १७ किलोमिटर सडक स्तरोन्नति तीव्र गतिमा अढि बढिरहेको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्गलाई हेटौँडासम्म सडक सञ्जालमा जोड्नका लागि हाल जनमुक्ति मार्गअन्तर्गत तीन चरणमा काम भइरहेको छ ।
महाभारत गाउँपालिकाको तीनखुट्टेदेखि गाउँपालिकाको केन्द्र देविटारसम्मको साढे आठ किमी सडक कालोपत्र भएको श्रेष्ठले जानकारी दिनुभयो । सडक स्तरोन्नतिका लागि ६० करोडमा ठेक्का सम्झौता भएपछि काम थालिएको थियो । समपूरक अनुदानतर्फ चालु आर्थिक वर्षका लागि सङ्घीय सरकारबाट २० करोड र प्रदेश सरकारबाट २० करोडरुपैयाँ विनियोजन गरिएको थियो ।
कार्यालय प्रमुख श्रेष्ठका अनुसार तीनखुट्टेदेखि देविटार सडक कालोपत्रका लागि चालु आवमा चार करोड बजेट विनियोजन भएको छ । महाभारत गाउँपालिकाको केन्द्र देविटारदेखि–घर्तीछाप–गोकुलेसम्मको करिब १० किमी सडक स्तरोन्नतिको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । ३९ करोडमा निर्माण हुने उक्त सडक खण्डका लागि चालु आवमा सात करोड रुपैयाँ. विनियोजन भएको हो ।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाका जनमुक्ति मार्गअन्तर्गत गाउँपालिकाभित्रको करिब ३५ किमी सडक स्तरोन्नतिको काम भइरहेको छ । उहाँले उक्त मार्गको अन्य खण्डमा पनि धमाधम काम भइरहेको भन्दै तीनखुट्टेदेखि देविटारसम्मको कालोपत्र गर्ने काममा निर्माण व्यवसायीले लापरबाही गरेकाले ढिलाइ भएको बताउनुभयो ।
अध्यक्ष जिम्बाले निर्माण व्यवसायीलाई ताकेता गरेर हाल तीनपक्षीय सहमति गरिएकाले काम चाँडै शुरु हुने जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिका कार्यालय, पूर्वाधार विकास कार्यालय र निर्माण व्यवसायीबीच १० बुँदे सहमति गरी पुनःकाम शुरु गरिएको छ । समयसीमा सकिन लाग्दा निर्माण व्यसायीले लापरबाही गरेपछि तीन पक्षबीच १० बुँदामा सहमति गरेर काम शुरु गरिएको छ’ जिम्बाले भन्नुभयो । कार्यालयले त्यो मार्ग काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकास्थित तालढुङ्गाबाट मकवानपुरको सिमाना सिक्रे दोभानसम्मको चार किमी सडक स्तरोन्नतिका लागि स्रोत सुनिश्चितता भएकाले प्रक्रिया थालिएको जनाएको छ ।
काभ्रेपलाञ्चोकतर्फ बीपी राजमार्गदेखि पिन्थलीसम्मको करिब आठ किमी, महाभारत गाउँपालिकाको गोकुलेबाट खानीखोला गाउँपालिकाको केन्द्र तालढुङ्गासम्मको करिब ११ किमी सडक र मकवानपुरतर्फ झुरझुरे–भोर्लेनी–सिक्रेदोभान करिब १३ किलोमिटर सडक निर्माण गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु