
काठमाडौँ । जापानका एक मेयरलाई ९९ वटा यौन दुर्व्यवहारको आरोप लागेको छ । मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ कोजिमामाथि यस्तो आरोप लागेको हो ।
कोजिमामाथि सहकर्मीहरुले स्तन र कोजिमामाथि नितम्ब छुने लगायत विभिन्न उत्पीडनका कार्य गरेको आरोप लगाएका हुन् । सहकर्मीहरुले सामाजिक सञ्जालमा यस्तो आरोप लगाएपछि कोजिमाले मेयरबाट राजीनामा दिनुभएको छ । पत्रकारका अगाडि आसु पुछ्दै आरोपले आफ्नो बदनाम भएको र आफ्ना भाइले हप्काएको बताएको एक दिनपछि ७४ वर्षीय कोजिमाले राजीनामा दिनुभएको हो ।
उहाँले एउटा स्वतन्त्र समितिको प्रतिवेदनमा उल्लेखित केही आरोपको खण्डन गर्नुभएको छ जसमा उहाँले महिला कर्मचारीलाई पनि पदीय मर्यादाविपरीत अङ्गालो हाल्ने गरेको आरोप पनि लगाइएको छ । ‘उहाँले टेलिभिजनसँगको सम्वादमा भन्नुभयो– ‘मैले त्यसो गरेको थिइनँ, मेरो हाउभाउ अँगालो हालेको जस्तो देखिन सक्छ, तर अँगालो हालेको होइन ।’ ‘प्रतिवेदनमा तटस्थताको अभाव छ र म चाहन्छु कि उनीहरूले थप सावधानीपूर्वक अनुसन्धान गरून्उ’ उहाँले भन्नुभयो ।
प्रसारक एनएचकेका अनुसार कोजिमाले सम्पूर्ण रिपोर्ट पढिनसकेको बताउनुभएको छ । रिपोर्टमा नगर प्रमुखले ‘आफ्नो ट्राउजर माथि सार्दै कर्मचारीलाई खुट्टा छुन भन्ने गरेको, केही कामदारले छोएपछि कीटाणुनाशक स्प्रे प्रयोग गर्ने गरेको र अनुचित टिप्पणीहरू गर्ने र कर्मचारीहरूलाई झुक्न लगाउने जस्ता कार्य गर्ने गरेको’ आरोप लगाइएको छ । पद छोड्ने बताएका कोजिमाविरुद्ध सार्वजनिक रूपमा कुनै फौजदारी मुद्दा चलाइएको छैन ।
साप्ताहिक शुकान बुनशुन पत्रिकामा प्रकाशित समाचारपछि सुरु गरिएको अनुसन्धानमा मेयरले महिला कामदारको टाउकोमा पटकपटक छुने गरेको उल्लेख छ । कोजिमाले यसलाई ‘कृतज्ञता व्यक्त गर्न’ का लागि गरिएको कार्य बताउनुभएको छ ।
छानविनका क्रममा समितिले कोजिमा नगरपालिकाका १९३ जना कामदारबीच सर्वेक्षण समेत गरेको थियो ।सर्वेक्षणमा सहभागी १६१ जनामध्ये ५३ प्रतिशत पुरुष र ५८ प्रतिशत महिलाले मेयरले आफूलाई असहज महशुस गराउने काम गरेको बताएका थिए ।
जापानमा विश्वव्यापी बनिसकेको ‘मिटू आन्दोलन’ले गति लिएको थिएन । यहाँ धेरै पीडितहरू अगाडि आउन निकै डराएका छन् तर पछिल्लो समय एकाध उच्च–ओहोदासँग सम्बन्धित मुद्दा सार्वजनिक हुन थालेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो