
काठमाडौँ । अपाङ्गता भएका महिलाको अधिकार र संरक्षण सवाललाई सम्बन्धित निकायले रणनीतिक योजनासहित सम्बोधन गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन्।
राष्ट्रिय महिला आयोगले आयोजना गरेको ‘अपाङ्गता भएका महिलाको अधिकार र सरंक्षणका विषयमा सरोकारवाला निकायसँग अन्तरक्रियामा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिले कानुनी व्यवस्थाअनुरुप कार्यान्वयन पक्षलाई सुदृढ बनाउन योजनाबद्धरूपमा अघि बढ्न सुझाव दिएका हुन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार शाहीले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षण गर्न सरकारले ल्याएको नीति चुनौतीको रुपमा खडा भएको औँल्याउनुभयो । ‘अपाङ्गता भएका व्यक्तिको हक, अधिकार सुनिश्चित सम्बन्धमा नीतिगत समस्या खड्किएकामा हामीलाई सुझाव दिनुस् । यसलाई समेट्न समिति प्रतिवद्ध छ’ उहाँले भन्नुभयो– ‘स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको सुनिश्चितता गर्न सकेमा मात्र यी आवाजको प्रतिनिधित्व सम्बोधन गर्न सकिन्छ ।’ अपाङ्गता भएका व्यक्तिले हिंसाको प्रतिकार गर्न नसक्दा तुलनात्मक रुपमा धेरै व्यक्ति बढी हिंसाको सिकारमा झेल्नुपरेको उहाँले औँल्याउनुभयो ।
महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले अपाङ्गता भएका व्यक्तिको अधिकार र संरक्षणलाई योजनावद्ध रूपमा सम्बोधन गर्न कार्यविधि बनाउन आयोग तयार रहेको बताउनुभयो । ‘अपाङ्गता भएका व्यक्तिको अधिकार तथा संरक्षणका सवाललाई औचित्यतासहित सम्बोधन गर्न योजनाबद्धरुपमा आयोग अघि बढ्न तयार छ’ उहाँले भन्नुभयो– ‘आगामी कार्यक्रममा सरकारीसँगै निजी क्षेत्रका सम्बन्धित संस्थालाई सहभागी गराई सुझाव सङ्कलनलाई थप सशक्त बनाई आयोगका सिफारिसलाई सुदढ बनाउन पहल गछौँ’ उहाँले भन्नुभयो ।
आयोगका सचिव पार्वती अर्यालले अपाङ्गता भएका व्यक्तिले आफूभित्रको क्षमता पहिचान गरी आफ्नो सङ्कल्पप्रतिको समर्पण गर्नुपर्नेमा जोड दिँदै अन्तरक्रियाबाट आएका सुझावलाई सम्बोधन गर्न आयोग प्रतिवद्ध रहेको बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका अध्यक्ष देवीदत्त आचार्यले राज्यका सबै निकायमा अपाङ्गता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित गर्न सकेमा मात्र सम्बन्धित सवाललाई सम्बोधन गर्न सकिने बताउनुभयो ।
अपाङ्गता भएका व्यक्तिका व्यक्तिको अधिकार उपभोग गर्न नपाउनु न्यायोचित नरहेको उल्लेख गर्दै अध्यक्ष आचार्यले सम्बन्धित आयोगले बृहत् अध्ययन गरी सरकारलाई सिफारिस गर्नुपर्नेमा जोड दिनुभयो । अपाङ्गता भएका महिलाको महासङ्घका अध्यक्ष निर्मला धितालले अधिकारको न्यायमा पहुँच पुर्याउन आयोगले निर्देशिका तथा मापदण्ड तय बनाउनुपर्नेमा आयोगलाई सुझाव दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव निरा अधिकारीले संवैधानिक निकाय तथा आयोगले सम्बन्धित विषयमा नीतिगत बहस वार्षिकरुपमा गर्न आवश्यक रहेको औँल्याउनुभयो । राष्ट्रिय अपाङ्गता महासङ्घ नेपालका कार्यक्रम संयोजक अन्जना श्रेष्ठले यौन तथा लैङ्िगक हिंसाका सवालमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले विश्व बैंकको तथ्याङ्कलाई उल्लेख गर्दैै यौन तथा लैंगिक हिंसाको सिकार अन्य महिलाको तुलनामा अपाङ्गता भएका महिला दश गुणा बढी रहेको जानकारी दिनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगका अधिकृत कल्पना नेपाल आचार्यले नेपालमा अपाङ्गता भएका व्यक्तिका मौजुदा कानुनी र अबका दिनमा गर्नुपर्ने सुधारका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै कानुनी व्यवस्था सुदृढ रहे पनि कार्यान्वयनको पक्ष अपेक्षाअनुरुप हुन नसकेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सरोकारवाला पक्षले आयोगले अपाङ्गता भएका व्यक्तिको हक, अधिकार संरक्षणका सवाललाई प्रभावकारी बनाउन विगतका कार्यक्रमका सुझाव कार्यान्वयनको अवस्था स्पष्ट गरी समीक्षा गर्नुपर्ने, अपनत्व हुनेगरी काम गर्नुपर्ने, रोजगारीको मूलप्रवाहमा लैजानुपर्ने, अपाङ्गता भएका महिलाभित्रको कला, क्षमता पहिचान गरी अधिकारका पक्षमा दृढ हुनुपर्ने, न्यायिक पहुँच अभिवृद्धि गर्नुपर्ने लगायतका विषय उठान गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो