
इनरुवा। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको बहुमतको सरकारले मात्र देशलाई समृद्धिको मार्गमा अघि बढाउनसक्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित बृहत् कार्यकर्ता भेलामा उहाँले एमालेको एकल बहुमतको सरकार गठन नभएसम्म राष्ट्रियता पनि सुदृढ नहुने बताउनुभयो । उहाँले पार्टी कार्यकर्तालाई सङ्गठन विस्तारमा लाग्न निर्देशन दिँदै तल्लो तहमा पार्टीले गर्ने कामबाटै जनताको भरोसा जित्न सकिने बताउनुभयो ।
पूर्वप्रधानमन्त्री ओलीले सडक, शिक्षा, स्वास्थ्य, सञ्चार, विद्युत्लगायत आधारभूत विकासका संरचना र तिनमा विपन्न वर्गको पहँुच सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै देशको समृद्धिका लागि इमान्दारीका साथ काम गर्न सरकारलाई सुझाव दिनुभयो । लोकतन्त्रको अनुभूति हुने गरी काम गर्न उहाँले वर्तमान सरकारलाई आह्वान गर्नुभयो ।
त्यस अवसरमा जनता समाजवादी पार्टी (जसपा), नेपाल केन्द्रीय सदस्य तथा तत्कालीन भोक्रहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष पुनम मेहताको नेतृत्वमा सय बढी नेताकार्यकता नेपका एमालेमा प्रवेश गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो