
काठमाडौँ । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पदमा उम्मेदवारी दिने भएको छ । माओवादी केन्द्रको बुधबार बिहान बसेको स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ।
स्थायी समिति बैठकले राष्ट्रियसभा अध्यक्षमा आफ्नै उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभएको छ। १यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ’ उहाँले भन्नुभयो । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
प्रतिनिधिसभामा तेस्रो हैसियतमा रहे पनि गठबन्धनको कारण सरकारको नेतृत्व गर्ने अवसर पाएको माओवादी केन्द्रले राष्ट्रियसभा ठूलो दलको महत्वकाँक्षा ठान्दै अध्यक्षमा आफ्नै उम्मेदवारी दिने निर्णय गरेको हो । स्रोतका अनुसार माओवादी केन्दले राष्ट्रियसभा अध्यक्षमा झक्कुप्रसाद सुवेदीलाई उम्मेदवार बनाउने योजना बनाइरहेको छ ।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पद फागुन २० सकिँदैछ । राष्ट्रियसभा अध्यक्षको कार्यकाल सकिने दिन नजिकिँदै गर्दा त्यो पदका लागि सत्ता गठबन्धनभित्रकै विभिन्न दलले दाबी प्रस्तुत गरिरहेका छन् ।
प्रतिनिधिसभाको ठूलो नेपाली कांग्रेसले पनि राष्ट्रियसभा अध्यक्ष आफ्नो हुनुपर्ने दाबी गर्दै आएको छ । कांग्रेसले अध्यक्ष बनाउने उदेश्यसहित पूर्वमाहमन्त्री कृष्णप्रसाद सिटौलालाई रष्ट्रियसभा सदस्यमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो