
पोखरा । रुस–युक्रेन युद्धमा जीवन गुमाएका नेपाली युवकको कुशको शव बनाएर अन्त्येष्टि गरिएको छ ।
रुसी फौजमा कार्यरत बागलुङक ताराखोला गाउँपालिका–२ सिलेका जितबहादुर विकको निधन भएको हो । युक्रेनविरुद्धको लडाइँमा ३६ वर्षीय विकको ज्यान गएको उहाँका साढुभाइ सनबहादुर विकले जानकारी दिनुभएको छ।
गत माघ २० गते निधन भए पनि परिवारजनलाई बुधबार मात्र जानकारी आएको उहाँको भनाई छ । पर्यटक भिसामा गत असोज ११ गते रुस पुग्नुभएका विकपछि रुसी फौजमा भर्ना भएको सनबहादुरले बताउनुभयो । ‘रुस लैजाने एजेन्टमार्फत मृत्युको खबर आएको हो, मृत्यु पुष्टि गर्ने अस्पतालको कागजात पनि परिवारलाई प्राप्त भएको छ’ उहाँले भन्नुभयो– ‘थप जानकारी लिन परराष्ट्र मन्त्रालयलगायत निकायमा बुझ्दैछौँ ।’
मृत्यु भएको पुष्टि भएपछि परिवारजनले बुधबार गाउँमै कुशको शव बनाएर विकको अन्त्येष्टि गरेको सनबहादुरले जानकारी दिनुभयो । ताराखोला–२ का वडाध्यक्ष भद्र घर्तीले पोर्चुगलमा रहनुभएका विकका भाइको फोनमार्फत् घरमा मृत्युको खबर आएको बताउनुभयो ।
‘रुसी सेनामा भर्ना भएको तस्वीर उहाँले नै सार्वजनिक गर्नुभएको थियो, परिवारलाई पनि आफू लडाइँमा जान लागेको बताउनुभएको रहेछ’ वडाध्यक्ष घर्तीले भन्नुभयो, ‘उहाँको निधनको खबरले गाउँमा शोक छाएको छ, परिवारको बिचल्ली भएको छ ।’
विक यसअघि गाउँमै गाडी चालक रहेको उहाँका साढुभाइ सनबहादुरले बताउनुभयो । वैदेशिक रोजगारीका लागि केही वर्षअघि विक साउदी र कतारमा पनि पुग्नुभएको थियो । विकका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव