
काठमाडौँ । नेपाल ‘ए’ले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज अन्तिम खेल खेल्दै छ । खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपाल ‘ए’ले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।
आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ ।
नेपाल ‘ए’ले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।
नेपाली टोलीमा विनोद भण्डारी, सन्दीप जोरा, अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रिजन ढकाल, रासिद खान, सागर ढकाल, साहब आलम र शेर मल्ल, आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जि.सी. रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश