
बझाङ। निर्मला बाग ‘सरस्वती’ बालभित्ते पत्रिकाको प्रकाशक हुनुहुन्छ । उहाँले प्रकाशन गर्ने पत्रिकाका लागि आफूजस्तै साथीहरूलाई समेटेर सम्पादकीय टोली बनाउनुभएको छ । साथीहरूका समाचार, लेख, रचना सङ्कलन गरेर सम्पादकलाई जिम्मा दिनुहुन्छ । निर्मला भने विज्ञापन तथा सूचनाको खोजीमा लाग्नुहुन्छ ।
सरस्वतीको सम्पादकको नियुक्ति पाउनुभएको छ, जीवन बागले । जीवनले हरेक महिनाका लागि समाचार, विचार, साहित्य, लोकसेवा प्रश्नोत्तर तथा अन्य स्तम्भका सामग्री तयार पारेर महिनाको पहिलो साता पत्रिका प्रकाशन गर्नुहुन्छ । उहाँ सम्पादन मण्डलका अन्य सदस्यलाई पनि पत्रिकाका सामग्री तयार गर्न खटाउनुहुन्छ ।
यो भित्तेपत्रिका बुङ्गल नगरपालिका–१० मा रहेको सीताराम माविमा नियमित प्रकाशन हुन्छ । सूर्यमुखी किशोरकिशोरी बाल क्लबले आर्थिक वर्ष २०७७÷७८ देखि विद्यालयमा नियमित प्रकाशन गर्दै आएको छ । समुदाय तथा विद्यालयको जानकारीका लागि र समुदाय तथा विद्यालयमा भएका घटनाक्रमको जानकारी समेटेर प्रकाशन हुने गरेको सम्पादक जीवनले बताउनुभयो ।
भित्तेपत्रिका प्रकाशनका लागि विद्यार्थीलाई दलित सहयोग समाज र युनाइटेड मिशन टु नेपाल बझाङको साझेदारीमा सञ्चालित समान व्यहार परियोजनाले सहयोग गर्दै आएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले भित्तेपत्रिका माध्यमबाट सहयोग गरेको सरस्वतीकी प्रकाशक बागले बताउनुभयो ।
प्रकाशक बागका अनुसार साथीहरूका प्रतिभा प्रस्फुटन गराउने महत्वमूर्ण माध्यम बनेको छ पत्रिका । “कथा, कविता, चित्र, चुट्किला, सामान्यज्ञान, समाचारलगायत विषयलाई हामीले भित्तेपत्रिकामा प्रकाशन गर्दै आएका छौँ । पत्रिका नियमित प्रकाशनले लेख्ने कलामा पनि सुधार भएको महसुस भएको छ”, उहाँले भन्नुभयो । किशोरकिशोरी बाल क्लबमा रहेका विद्यार्थीले नै पत्रिकाका लागि प्रधानसम्पादक, सम्पादक, सहसम्पादक, व्यवस्थापक र समाचारदाताको भूमिका निर्वाह गर्दै आएको उहाँले बताउनुभयो ।
विद्यालयका शिक्षक प्रेमबहादुर बागले सूर्यमुखी किशोर किशोरी क्लबमार्फत विद्यार्थीले पढाइका अतिरिक्त अन्य रचनात्मक क्रियाकलापमा सहभागी हुनु सकारात्मक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बालभित्ते पत्रिकामा विद्यार्थीका लेख, रचना, समाचार, सम्पादकीयलगायत पठनीय सामग्री समेटिएको देख्छु । यसलेविद्यार्थीमा अतिरिक्त ज्ञानको विकासमा टेवा पु¥याउँछ ।”
बुङ्गल नगरपालिकाका तीन विद्यालयमा विभिन्न किशोरकिशोरी क्लबले चार वर्षदेखि भित्तेपत्रिका प्रकाशन गर्दै आएका छन् । समान व्यवहार परियोजनाले बुङ्गल नगरपालिका–९ को शारदा मावि सैनोडी, वडा नम्बर १० को सीताराम मावि डौड र वडा नम्बर ११ को शिव माविमा किशोरकिशोरी क्लब गठन गरेको परियोजना जिल्ला संयोजक भीम रसाइलीले बताउनुभयो ।
उहाँका अनुसार परियोजनाले विद्यालयमा क्लब गठनसँगै पदाधिकारीलाई किशोरकिशोरीसम्बन्धी तालिम, भित्तेपत्रिका प्रकाशन तालिम, सीमान्तकृत बालबालिकालाई शैक्षिक सहयोग, समुदायमा महिला समूहलाई चेतनामूलक तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै