
तनहुँ । म्याग्दे गाउँपालिकामा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन हुने भएको छ। गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ ।
युवा व्यवसायीलाई प्रतिस्पर्धी बनाएर लाभको क्षेत्र पहिचान गर्नका लागि पहिलोपटक गाउँपालिकाले सम्मेलन आयोजना गर्न लागेको हो । गाउँपालिकाभित्र रहेका, उद्योगी र व्यवसायीको सीपमार्फत व्यवसाय गर्न उत्प्रेरित व्यक्ति तथा लगानी गर्न इच्छुक लक्ष्य गरी फागुनको अन्तिम सातासम्म सम्मेलन आयोजना गर्न गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभएको छ ।
नवप्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमअन्तर्गत युवाको चाहना र लक्ष्यलाई पूरा गर्ने मुख्य उद्देश्य सम्मेलनको रहेको उहाँको भनाई छ। गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्मेलनबाट प्रतिस्पर्धी लाभको क्षेत्रको पहिचान स्वयं युवा व्यवसायीले गर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘व्यवसाय गर्न इच्छुक व्यक्ति वा समूहले प्रस्ताव पेश गरेपछि पालिकाबाट सहयोग गर्ने र व्यवसायलाई अगाडि बढाउने नयाँ कार्यक्रम हो ।’
गाउँपालिकाको दिगो आर्थिक विकासका लागि स्थानीय स्तरमा हुने उद्यम व्यवसाय, पर्यटन, स्थानीय उत्पादन, पूर्वाधार निर्माण, सीप विकास तालिम, उद्यमशीलता विकास तथा औद्योगिक प्रवद्र्धन, विशिष्टीकृत वस्तु उत्पादन तथा बजारीकरणलगायत विषयमा सम्मेलनमा छलफल हुने नवप्रवर्द्धन कार्यक्रमका स्रोत व्यक्ति एवं गाउँपालिकाका अधिकृत प्रदीप न्यौपानेले जानकारी दिनुभयो । स्थानीय क्षेत्रको आर्थिक विकास गर्नु, उत्पादन र उत्पादकत्व वृद्धि गर्नु, उद्यमशीलता प्रवद्र्धन गरी रोजगारी र आय आर्जन गर्नुलगायत कार्यक्रमको उद्देश्य रहेको उहाँको भनाई छ ।
नवप्रवर्द्धनमा आधारित कार्यक्रमलाई पूर्ण रुपमा सफल बनाउन निजी क्षेत्र, स्थानीय शिक्षालय, गैरसरकारी संस्था, व्यावसायिक प्रतिष्ठित व्यक्ति, उद्योग वाणिज्य सङ्घ बजार इकाइ, सहकारी, घरेलु महासङ्घ, पर्यटन व्यवसायीसँग सहकार्य गरिने गाउँपालिकाले जनाएको छ । यस कार्यक्रमबाट गाउँपालिकामा धेरै व्यक्तिले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने विश्वास गरिएको छ ।
स्थानीयस्तरमा हाटबजार निर्माण गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, उत्कृष्ट उद्यमीलाई सम्मान गर्ने र युवालाई व्यवसायप्रति जागरुप बनाउने जस्ता कार्य गाउँपालिकाले गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश