+

क्यानडा-११ संगको दोस्रो ओडीआईमा नेपाल ‘ए’ २ विकेटले बिजयी

काठमाडौँ । क्यानडा ११ र नेपाल ‘ए’ बीच जारी तीन दिवसिय श्रृंखलाको दोस्रो खेलमा नेपाल २ विकेटले बिजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला व्याटिङ गरेको क्यानडा ११ ले ४९.५ ओभरमा अल आउट हुँदै २४० रन बनाएको थियो । 

२४१ रनको विजयी लक्ष्य लिएर व्याटिङमा आएको नेपाल ‘ए’ले ४९.१ ओभारमा ८ विकेट गुमाउँदै लक्ष्य भेटायो । 


कुल १३ जोड्दा २ विकेट गुमाएको नेपाल ‘ए’का लागि सन्दीप जोरा र अर्जुन कुमालले शतकिय साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । जोराले ६६ रन जोडे । उनले ७४ बलमा ७ चौका र एक छक्का प्रहार गरे । यसैगरी अर्जुन कुमालले ६४ बलमा ४० रन बनाए । अर्जुनले ४ चौका प्रहार गरेका थिए ।


सन्दीप र अर्जुन आउट भएपछि बसिर अहमद र रासिद खानले महत्वपूर्ण पारी खेल्दै नेपाललाई जिताएका थिए । बसिरले ५२ रनको अर्धसतकिय पारी खेले । रासिदले ४७ रनको योगदान दिए । 

बलिङतर्फ क्यानडा–११ का निखिल दत्तले दुई तथा साद विन जफर र हर्श थाकरले एक एक विकेट लिए । 

त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा क्यानडा–११ का लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बलमा पाँच चौका हाने । यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१, आरोन जोनसनले ३६ तथा डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन, शेर मल्ल र रासिद खानले दुई दुई तथा सागर ढकाल र बसिर अहमदले एक एक विकेट लिए । उक्त शृङ्खलाको अन्तिम खेल यही फागुन १० गते हुनेछ ।  


यो जितसँगै नेपालले ३ खेलको शृंखला १-१ को बराबरी गरेको थियो । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।


यो पनि... 

क्यानडा-११ ले नेपाल ‘ए’लाई दियो २४१ रनको लक्ष्य


क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ले टस जितेर पहिला बलिङ गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै