
तनहुँ । शुक्लागण्डकी नगरपालिका–३ स्थित दुलेगौडा–हर्कपुर सडकखण्डको स्तरोन्नति विसं २०७८ माघ १० गतेभित्र भइसक्नुपर्ने थियो । त्यसका लागि पूर्वाधार विकास कार्यालय तनहुँले निर्माण व्यवसायीसँग विसं २०७६ कात्तिक ४ गते सम्झौता गरेको थियो ।
तर निर्माण व्यवसायीको लापरवाहीका कारण उक्त सडक स्तरोन्नति करिब ३२ प्रतिशतमात्रै सकिएको छ । दुलेगौडा(हर्कपुर सडकको १० दशमलव १८ किलोमिटर सडक कालोपत्रका लागि भएको सम्झौताको म्याद पटक(पटक थप भएको छ । अन्तिमपटकका लागि विसं २०८० जेठ १४ गतेसम्म म्याद थप भएको थियो । उक्त अवधिमा पनि प्रगति भएको छैन ।
निर्माण व्यवसायीको लापरवाहीका कारण सकिसक्नुपर्ने सडकको काममा ढिलाइ हुँदा स्थानीय मर्कामा परेको शङ्कर पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “वर्षामा हिलो र हिउँदमा धुलोले सास्ती खेप्नुपरेको छ । निर्माण व्यवसायीले काम गरिदिएको भए अहिलेसम्म सहज भइसक्थ्यो ।”
उक्त खण्ड कालोपत्रका लागि रु २५ करोड १० लाख ६० हजारमा सम्झौता भएको थियो । शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका हुँदै व्यास नगरपालिकासँग जोडिने उक्त खण्डको दूरी २३ किलोमिटर छ । पहिलो चरणमा १० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । ट्रयाक खुलेको २४ वर्षपछि कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी भएका थिए । तर कामको प्रगति नबढ्दा स्थानीवासी चिन्तित रहेको स्थानीय हरि खड्काले बताउनुभयो ।
सोही सडकको काम छिटो गराउन राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि दबाब यात्रा सुरु गरेको छ । पार्टीको केन्द्रीय निर्देशनबमोजिम देशभरका विकास आयोजनामा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा आज उक्त सडकमा दबाब यात्रा गरिएको हो ।
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहनुभएका वाग्लेले विकास निर्माणमा भइरहेको ढिलाइपछि सरकारको ध्यानाकर्षण गराउन दबाब यात्रा गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दबाब नदिइकन काम नगर्ने प्रवृत्ति बढ्दो छ । त्यसका लागि सबैको चासो र दबाब आवश्यक छ ।”
डा वाग्लेले सदनदेखि सडकसम्म आवाज उठाएर अलपत्र परेका विकास निर्माणका कामलाई सञ्चालन गराउन पार्टी लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सार्वजनिक खरिद नियमावलीमा देखिएका समस्या सुधार गर्नुपर्ने अवस्था देखिएको छ । त्यसका लागि हामी प्रतिबद्ध छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश