
काठमाडौँ । आइसीसी विश्वकप लिग-२ को दोस्रो खेलमा नेपालले भोली (शनिबार) नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । विहिवार भएको पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएर २ अंक गुमाएको नेपाल भोलिको खेल जित्ने लक्ष्यका साथ मैदानमा ओर्लिनेछ ।
शनिबारको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः१५ बजे शुरु हुनेछ ।
आइसीसी विश्वकप लिग-२ को चार वर्षको साइकल (सन् २०२३-२०२७) अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र नामिबियाले त्रिदेशीय श्रृंखला खेलिरहेका छन् ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र देव खनाल ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश