
दाङ । दाङमा पछिल्लो समय आधुनिक ब्लक इँटाको माग बढ्दै गएको छ । जिल्लामै आधुनिक इको ब्लक उत्पादन हुन थालेपछि यसको प्रयोगसँगै माग बढ्दै गएको हो ।
ब्लक इँटाको महत्व बुझ्न थालेपछि यसको माग पनि बढ्दै गएको घोराही उपमहानगरपालिका–८ वनगाउँमा ईको ब्लक उद्योग सञ्चालक पीताम्बर शर्माले जानकारी दिनुभयो । विभिन्न व्यवसाय गर्दै आएका तीन युवाले जिल्लामै पहिलो आधुनिक ईको ब्लक इँटा उद्योग सञ्चालनमा ल्याएका हुन् ।
सप्रकारको आधुनिक उद्योग जिल्लामा नै पहिलो रहेको सञ्चालकको जिकिर थियो । युवा व्यवसायी पीताम्बर शर्मा, कृष्णप्रसाद गौतम र पुष्पराज आचार्यले एक बिघा जग्गा भाडामा लिएर सञ्चालन गर्नुभएको सो उद्योगमा करिब ३ करोडभन्दा बढीको लगानी गरिएको छ ।
‘उत्पादित सामग्री जिल्लाका साथै साविक राप्ती अञ्चलसम्म जाने गरेको छ । स्थानीय बजारमा पनि यसको माग राम्रो छ’ सञ्चालक शर्माले भन्नुभयोे– ‘केही समयपछि माग भएका सबै स्थानसम्म ब्लक इँटा पु¥याउनेछौँ ।’
इँटा तयार पार्नका लागि करिब २० दिन लाग्छ । उत्पादन हुनेबित्तिकै बजार पठाउन मिल्दैन । हामीले उत्पादन गरेको २० दिनपछि मात्र बजार वा माग गरिएका स्थानमा इँटा पठाउँछौँ दाङको बजारका साथै रोल्पा, प्यूठान, रुकुम, सल्यान तथा नजिकका जिल्लालाई लक्ष्य गरेर यो उद्योग सञ्चालनमा ल्याइएको उहाँको भनाई छ ।
यस क्षेत्रमा यसप्रकारको उद्योग नभएकाले आफूहरूले लगानी गरेको र यसबाट जिल्ला बाहिर जाने रकम रोक्न सकिने सञ्चालकहरूको अपेक्षा थियो । जिल्लामा विगतदेखि नै सिमेन्टका ब्लक निर्माण गर्ने गरिए पनि स्वचालित (अटोमेटिक) मेसिनबाट हलो ब्लक, इन्टरलक ब्लक, सिएलसी ब्लक, पेवर ब्लक उत्पादन भइरहेकोे छ । आधुनिक खालको उपकरणबाट उत्पादन गरिएकाले यी इँटा वातावरणमैत्री, भूकम्प प्रतिरोधी र कम खर्चिलो रहेको उल्लेख गर्दै यस्तो इँटा साइज मिलेको हुनाका साथै काम छिटो हुने, सिमेन्ट र बालुवा कम खर्च हुने भएकाले करिब ३० प्रतिशत रकम बचत हुने उद्योग सञ्चालक शर्माले बताउनुभयो ।
यो इँटा उत्पादनका लागि स्थानीय कच्चापदार्थ प्रयोग गरिएको, केमिकल मात्र भारतबाट ल्याउने गरिएको उल्लेख गर्दै सञ्चालक शर्माले साइजअनुसार फरकफरक मूल्यका इँटा प्रयोग गर्दा अन्य परम्परागतरूपमा माटोबाट बनाइएका इँटाभन्दा केही महँगो देखिए पनि घर निर्माण गर्दा लाग्ने कूल खर्चमा ३० देखि ४० प्रतिशत खर्च कम लाग्ने उल्लेख गर्नुभयो । हाल उद्योगमा १२ जनाले रोजगार पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु