
बाँके । ‘नेपाल कल्चर फेस्टिबल’ आगामी फागुन २४ र २५ गते बाँकेको नेपालगन्जमा हुने भएको छ । देशैभरको संस्कृति एउटै मञ्चबाट प्रस्तुत गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको हो ।
‘अन्तराल’ को आयोजना तथा व्यवस्थापनमा हुने उक्त महोत्सवमा स्थानीय सङ्घसंस्थाले सहकार्य गर्ने भएका छन् । नेपाली मौलिक कलासंस्कृति, गीतसङ्गीत, नाच, लोकबाजा, वेशभूषा, खाना, भाषा र हस्तकलाको प्रवद्र्धन तथा प्रचारप्रसार गरिने सो महोत्सवका परिकल्पनाकार एवं ‘अन्तराल’का प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिनुभयो ।
“सुदूरपश्चिमको डेउडा नृत्य र गीतदेखि पूर्वी नेपालको लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ्ग नाच र पालाम तथा तराइको थारू र अवधि नृत्य÷गीतदेखि पहाडी क्षेत्रको पञ्चेबाजा र हिमाली भेगको शेर्पा संस्कृति झल्किने नृत्य, काठमाडौँ उपत्यकाको नेवार संस्कृतिमा आधारित धिमे बाजादेखि लाखे नाचसम्म एउटै ठाउँमा प्रस्तुत हुनेछ”, उहाँले भन्नुभयो । भाषा र संस्कृतिका अध्येता, गीत र नृत्यका अध्येता तथा चाडपर्व, रीतिरिवाजका जानकारबीच छलफल तथा अन्तरक्रिया गरिने उहाँको भनाइ छ ।
सबै जातजातिको संस्कृति प्रवद्र्धन गर्न तथा तिनको अध्ययन अनुसन्धान गर्नसमेत महोत्सव आयोजना गर्न लागिएको प्रमुख कार्यकारी शाहले बताउनुभयो । “कतिपय परम्परागत बाजा, वेशभूषा र गहना लोप हुने अवस्थामा पुगेका छन्, पुराना पुस्ताका गीत नयाँ पुस्ताले नबुझ्ने स्थिति छ, सबैखाले संस्कृति र गीतसङ्गीतको साझा मञ्चका रुपमा फेस्टिबल आयोजना गर्न लागिएको हो”, उहाँले भन्नुभयो ।
महोत्सव नेपालगन्ज रङ्गशालामा आयोजना गरिने छ । उक्त महोत्सवमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएका ब्यान्डदेखि चर्चित गायकगायिकाको साङ्गीतिक प्रस्तुति रहनेछ । “देश भनेको भूगोलमात्र होइन, संस्कृति जोगिएन भने पहिचान मेटिँदै जान्छ”, कार्यकारी प्रमुख शाहले भन्नुभयो, “नेपाल कल्चर फेस्टिबलमा नेपालगन्जमा सिङ्गो नेपाल झल्किनेछ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल
- मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको शपथ स्थगित
- कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ : प्रधानमन्त्री
- शिक्षक महासंघले गरेको सम्झौतामा विद्यालय कर्मचारी परिषद्को असहमति
- रोजगारी वृद्धि गर्नेगरी नीति तथा कार्यक्रम ल्याउन देउवाको सुझाव