
धनुषा । जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० शुरु भएको छ । मधेस प्रदेशको उद्योग वाणिज्य मन्त्रालय, जनकपुरधाम उपमहानगरपालिका र मैथिली विकास कोषको संयुक्त आयोजनामा पाँच दिवसीय महोत्सव शुरु भएको हो ।
महेन्द्रनायारण निधि मिथिला संस्कृति केन्द्रमा आज एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले महोत्सवको समुद्घाटन गर्नुभएको छ । मैथिली भाषा, साहित्य, कला, संस्कृति, अर्थ र पर्यटन प्रवर्द्धन विकासका निम्ति महोत्सव आयोजना गरिएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताउनुभएको छ ।
महोत्सवको समुद्घाटन समारोहमा प्रमुख प्रतिथि पूर्वप्रधानमन्त्री नेपालसहित जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष वृृषेशचन्द्र लाल, नेकपा एमालेका सचिव योगेश भट्टराई, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री सुनिताकुमारी यादव, मधेसी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ साहित्यकार प्राध्यापक डा राजेन्द्र विमल लगायतका विशिष्ट व्यक्ति सहभागी हुनुभएको छ ।
पाँच दिवसीय महोत्सवमा विभिन्न विषयमा विमर्श हुनुका साथै सांस्कृतिक झाँकी, मिथिला चित्रकला कार्यशाला तथा प्रदर्शनी, बहुभाषिक नाटक, मिथिला भोजन तथा पुस्तक प्रदर्शनी, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितासहित सांस्कृतिक कार्यक्रम हुनेछ ।
महोत्सवमा नेपाल र भारतका कलाकारले आठवटा नाटक प्रदर्शन गर्नेछन् । पहिलो दिन हिउँको पृथ्वी यात्रा, दोस्रो दिन तिनिता रङ्गीन, विरजु विल्टु आ बाबु तेस्रो दिन, मन मञ्च, काँट चौथो दिन, सामचको सामचको अविहा हे, दुःखहि जनम भेल र पाँचौँ दिन जोगाड् नाटक मञ्चन हुनेछ ।
महोत्सवमा नेपाल–भारतका मिथिला क्षेत्रका रङ्गकर्मी तथा गायकको प्रस्तुति रहनेछ । कलाकारहरू रञ्जना झा, प्रिया मल्लिक, सुनिलकुमार मल्लिक, आभाष लाभ, नवीन मिश्र, पुनम मिश्र, प्रियाराज, ललित कामत, नेहा प्रियदर्शनी, अमर आनन्द, हरिशङ्कर चौधरी, रविराज साह, सुभाष विरपुरिया, जुली झा, रामनारायण ठाकुर, मोहित खण्डेवाल, हृदय रामयसहितको सहभागिता रहनेछ ।
नेपाल र भारतका विद्वान्, विदुषी, सामाजिक अभियन्ता, रङ्गकर्मी तथा राजनीतिकर्मीको सहभागिता रहने सो महोत्सवमा सङ्घीयता, भाषा नीति, साहित्यका विभिन्न विधा तथा समाजको वर्तमान अवस्थाप्रति मन्थन हुने कोषका अध्यक्ष चौधरीले बताउनुभएको छ ।
महोत्सवको पहिलो दिन आज ‘नव घर उठ्य, पुरान घर’ शीर्षकमा रमेश रञ्जनको सहजीकरणमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेका नेता योगेश भट्टराई, नेकपा एकीकृत समाजवादीकी नेत्री रामकुमारी झाँक्री, राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र पूर्वराजदूत विजयकान्त लाल कर्ण सांस्कृतिक बहसमा सहभागी हुनुहुन्छ ।
तत्कालीन जिल्ला विकास समिति धनुषाको निर्वाचित जनप्रतिनिधिले २०५८ सालमा स्थापना गरेको कोषले प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना गर्दै आएको महोत्सव २०७३ सालदेखि निरन्तर भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै