
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्स (सीए) लाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाको २७औँ वार्षिकोत्सव एवं छैटौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कर प्रशासनमा चार्टर्ड एकाउण्टेन्सलाई प्रवेश गराउन सकारात्मक रहेको बताउनुभएको हो । ‘चार्टर्ड एकाउण्टेन्सले पेशागत कर्तव्यपालना गर्ने सिलसिलामा आउने लोभ, लालसा अथवा डर, धम्कीबाट नहिच्किचाइ आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक वहन गर्ने हो भने सुशासन सुनिश्चित छ’ उहाँले भन्नुभयो ।
अर्थमन्त्रीले आफ्नो प्रतिज्ञा सम्झिएपछि धेरै कुरा समाधान हुने बताउनुभयो । ‘लेखा र चार्टर्ड ठीक हुनेबित्तिकै धेरै कुरा ठीक ठाउँमा आउँछन्’ उहाँले भन्नुभयो– ‘बेरुजुको वर्गीकरण गरेर कुन गम्भीर खालको हो, कुन प्राविधिक समस्याका कारण हो भन्ने आधारमा प्राथमिकता दिनुपर्ने आवश्यकता छ । हाम्रो कर प्रशासनमा चार्टर्ड एकाउण्टेनलाई प्रवेश गराउनुपर्छ ।’
उहाँले सार्वजनिकदेखि निजी क्षेत्रमा समेत सुशासन सुनिश्चित हुने बताउँदै बेरुजुको वर्गीकरण गरेर गम्भीर प्रकृतिका समस्यालाई प्राथमिकताका आधारमा समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय