
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो आम्दानीको केही प्रतिशत मातृभूमिको विकासमा लगानी गर्न अनुरोध गर्नुभएको छ ।
अध्यक्ष ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश मातृभूमिको विकासका निम्ति लगानी गर्न वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैरआवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको हो ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा शनिबार साँझ अबुधाबीमा आयोजित कार्यक्रममा उहाँले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रमा लगानीगरी राम्रो प्रतिफल लिन सकिने बताउनुभयो ।
‘नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मक रुपमा लिने गरिएको पाइन्छ । विदेशमा बस्ने नेपालीलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना र विरोध गर्ने गरेको पाइन्छ । विदेशमा गरेको जस्तै लगानी र मेहनत नेपालमा गर्ने हो भने प्रशस्त लाभ लिन सकिन्छ’ उहाँले भन्नुभयो । उहाँले हालै नेपाल सरकारले गरेको कानुन सुधारले लगानीकर्तामा उत्साह ल्याएको र मुलुकमा लगानीको वातावरण पनि बन्दै गएको बताउनुभयो ।
त्यस अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, युएइका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध