
हेटौँडा । आन्तरिक राजस्व कार्यालय, हेटौँडाले ६ महिनामा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको छ ।
कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ अर्ब १४ करोड ३० लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २ अर्ब ९३ करोड ११ लाख ७६ हजार राजस्व सङ्कलन भएको जनाइएको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा ८ अर्ब ८० करोड ४५ लाख २४ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयबाट प्राप्त विवरणअनुसार ६ महिनामा आयकरतर्फ ४८ करोड छयासी लाख ६७ हजार, घरभाडा करतर्फ ७८ लाख ९२ हजार, ब्याज करतर्फ ४ करोड पाँचलाख ८१ हजार, आन्तरिक करतर्फ ४९ करोड ९० लाख ६८ हजार, अन्तःशुल्क करतर्फ १ अर्ब ६१ करोड ४८ लाख २७ हजार तथा स्वास्थ्यसेवा करतर्फ २८ करोड १ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ ।
६ महिनामा ३२ हजार १ सय ८६ करदातामध्ये १२ हजार ७ सय २१ करदाताले आयकर तिरेका थिए भने १९ हजार चार सय ६५ जनाले तिर्न बाँकी रहेको छ । आयकर नतिर्नेमा ठूला करदाता नै २ हजार ७ सय ५ जना रहेका बताइएको छ ।
बागमती प्रदेशको राजधानी हेटौँडा भए पनि ठूला उद्योग तथा व्यापार/व्यवसाय बन्द भएको र सञ्चालनमा रहेका उद्योग तथा व्यवसायको अवस्था नाजुक भएकाले राजस्व सङ्कलनमा समस्या भएको सो कार्यालयका कर्मचारीले जनाएका छन् ।
प्रमुख करअधिकृत तुलसीप्रसाद भट्टराई बढी कर आउने उद्योग केही समयदेखि बन्द रहेका कारण राजस्व सङ्कलन लक्ष्यको तुलनामा कम भएको बताउनुहुन्छ । कार्यालयले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ५० करोड ३९ लाख ४२ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६ अर्ब ६० करोड ८८ लाख २२ हजार रुपैयाँ सङ्कलन गरेको थियो । गत आर्थिक वर्ष पनि लक्ष्यको तुलनामा कम राजस्व सङ्कलन भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय