
काठमाडौँ । इजिप्टको तटमा पर्यटक पनडुब्बी डुब्दा ६ को मृत्यु भएको छ । दुर्घटनामा ९ घाइते भएका छन् ।
इजिप्टको लोकप्रिय लाल सागर गन्तव्य हुर्घादामा पर्यटक पनडुब्बी डुबेपछि ६ जनाको मृत्यु भएको र अन्य ९ जना घाइते भएको स्थानीय तहका दुई अधिकारीले बिहीबार बताएका छन् ।
लाल सागर प्रशासनद्वारा जारी विवरणअनुसार आपत्कालीन टोलीले २९ जनालाई बचाउन सफल भएको छ । पनडुब्बीले पर्यटन क्षेत्रको बीचको एक किनारामा यात्रा गर्दै थियो र त्यसमा विभिन्न राष्ट्रियताका ४५ पर्यटक थिए । पनडुब्बी किन डुब्यो भन्ने कुरा तुरुन्तै स्पष्ट भएन ।
इजिप्टका अधिकारीहरूका अनुसार नोभेम्बरमा खराब मौसमको चेतावनीपछि एउटा पर्यटक यात्रुपोत लाल सागरमा डुबेको थियो । उक्त दुर्घटनामा कम्तीमा चार जनाको डुबेर मृत्यु भएको थियो भने अन्य ३३ जनालाई बचाइएको थियो ।
पर्यटन इजिप्टको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र हो तर धेरै पर्यटक कम्पनीहले यस क्षेत्रमा द्वन्द्वको खतराका कारण लाल सागरमा यात्रा रोकेका छन् वा सीमित गरेका छन् । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बाथरुममा लडेर प्रचण्ड घाइते
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय
- आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै
- दुम्कीबासमा डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध
- विद्यालय कर्मचारी परिषदद्वारा आन्दोलनको घोषणा
- नीति तथा कार्यक्रमका लागि संसदमा पूर्वाभ्यास सम्पन्न
- केआइआइटीमा नेपाली छात्राको मृत्यु : परराष्ट्रले थाल्यो कूटनीतिक पहल