
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१ सेकार्कुस्थित तातोपानी कुण्डलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माण थालिएको छ ।
पहाडको फेद र कालीगण्डकी नदीको किनारमा रहेको मुहानबाट निस्कने पानीलाई पोखरीमा सङकलन गरेर स्नानको व्यवस्था मिलाउने र पर्यटक भित्र्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिकाले एक करोड १७ लाख रुपैयाँ लागतमा पूर्वाधार निर्माण थालेको हो ।
अन्नपूर्ण गाउँपालिका–१ का वडाध्यक्ष दिलीप गर्बुजाले तातोपानी पानी सङेकलन गर्ने पोखरी, आश्रयस्थल, सार्वजनिक शौचालय, कपडा फेर्न कोठा, टिकट काउन्टर र रेष्टुराँका लागि आवश्यक पूर्वाधार तयार पार्न लागिएको जानकारी दिनुभयो ।
‘कालीगण्डकी किनारको तातोपानी व्यवस्थित नहुँदा हाल हिउँद याममा मात्र खुला ठाउँमा स्नान गर्न सकिन्छ’ उहाँले भन्नुभयो– ‘बेनी–जोमसोम सडकको नजिकै निर्माण हुन लागेको पोखरी सञ्चालन गरेर आम्दानीको स्रोत बनाउने लक्ष्य छ ।’
सेकार्कुमा ५० डिग्री सेल्सियस प्राकृतिक तातोपानी निस्कने मुहान रहेको छ । तातोपानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेमा शारीरिक स्फूर्तिका साथै चोटपटक लागेको, चिसोका कारण हुने स्वास्थ्य समस्या निको हुने जनविश्वास छ ।
मुहानदेखि छ सय मिटर तल दुई इञ्चको युपिभिसी पाइपबाट ल्याइने तातोपानी सङ्कलन गरेर स्नानका लागि ११ दशमलव २५ मिटर लम्बाइ र आठ मिटर चौडाइ भएको पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको विशेष अनुदानमा सेकार्कु तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि २०८१ असार ३ ६छ सय ८५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
विसं २०८२ जेठ ३० गतेसम्म म्याद रहेको ठेक्कामार्फत पोखरी र परिसरमा भौतिक संरचना निर्माण गर्ने काम ७० प्रतिशत सकिएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर करिम मुल्लाह मियाले बताउनुभयो ।
ठेकेदारले तातोपानी सङ्कलनका लागि मुहानमा तीन वटा इन्टेक र पाइपलाइन जडानको तयारी गरेको छ । तातोपानीको मुहानसम्म पुग्ने सडक बनाउन धेरै खर्च लाग्ने र बर्खामा बाढीले असर पु¥याउने भएकाले केही तल संरचना बनाउन लागिएको हो ।
बेनी–जोमसोम सडकको तिप्ल्याङ–महभिर जोड्ने मोटरेबल पुलदेखि पाँच सय मिटर नजिकै बनाउन लागिएको तातोपानी कुण्डले मुस्ताङ जाने आउने पर्यटकको बसाई लम्बाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा र राप्रपाद्वारा संसद् बैठक बहिस्कार
- भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृह मन्त्री
- सुभवको घातक बलिङको मद्दतमा जापानसँग नेपाल ९ विकेटले विजयी
- सोमबार राति रद्द भएको दोहाको उडान आज १२ बजे
- सत्तारुढ दलको बैठक बालुवाटारमा जारी
- इजरायलबाट आक्रमण नरोकिएसम्म युद्धविराम नहुने इरानको भनाइ
- देशभरका स्थानीय तहले आज बजेट सार्वजनिक गर्दै
- इजरायलबाट स्वदेश फर्कन चाहने ८ सय ८५ नेपालीको विवरण संकलन
- मलेखु-मुग्लिन सडकखण्ड आजबाट राति बन्द नहुने
- इरानद्वारा तत्काल सुरक्षा परिषदको आपतकालीन बैठकको माग