
जनकपुरधाम । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा शुरु भएको छ । ‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित महाधिवेशन ३ दिनसम्म चल्ने छ ।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल काठामाडौँद्वारा आयाजित महाधिवेशनमा ३१ जिल्लाका करिब ३ सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।
महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिनुभयो । विसं २०६२/ ६३ को आन्दोलन पश्चात् शुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका ।लागि मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।
महाधिवेशनको उद्घाटन गर्दे मधेश प्रदेशका सांसद रामआशिष यादवले मधेश आन्दोलन भएको १८ वर्ष वितिसक्दा पनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेकाले मधेशी समुदाय एक हुनुपर्ने आवश्यक्ता छ भन्नुभयो ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष लालबाबु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय झालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भियतनामकी उपराष्ट्रपति काठमाडौँमा
- आज १६०औँ मोती जयन्ती, योगदान स्मरण गरिँदै
- आज कुशे औँसी, घर–घरमा कुश भित्र्याइयो
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल