
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री अनवर-उल-हक काकरले इरानसँगको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ पार्न आफ्नो देशको दृढ प्रतिवद्धता दोहोर्याउनु भएको छ ।
इरानका विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानसँगको भेटमा प्रधानमन्त्री काकारले अन्तरराष्ट्रिय कानून र संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्त विशेष गरी दुवै देशको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको सम्मानमा आधारित सहकार्य र सहयोगात्मक दृष्टिकोणबाट साझा चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकतामा जोड दिनु भएको छ ।
त्यस्ता कूटनीतिक सिद्धान्तको महत्त्वलाई उजागर गर्दै पाकिस्तानी प्रधानमन्त्रीले दुवै राष्ट्रको सार्वभौमसत्ता अक्षुण्ड राख्न र स्थापित अन्तरराष्ट्रिय मान्यताको सम्मान गर्दै साझा प्रतिवद्धताको महत्त्वलाई जोड दिनु भएको बताइएको छ । उहाँले इरानी राष्ट्रपति इब्राहिम रायसीलाई सकेसम्म चाँडो पाकिस्तान भ्रमण गर्न निमन्त्रणा पनि दिनु भएको छ (रासस-सिन्ह्वा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै
- आज २५६९ औं बुद्ध जयन्ती मनाइँदै
- यी हुन् राजसंस्था पुन:स्थापना संयुक्त जनआन्दोलन समितिको बैठक निर्णयहरु
- गृहमन्त्रीको साथी बनेर कर्मचारीलाई धम्काउने पक्राउ
- प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
- वैशाख २८ मा प्रधानमन्त्रीले राष्ट्रियसभामा सम्बोधन गर्ने
- पूर्वमन्त्री प्रदीप नेपालको निधन
- खुले सरकारी विद्यालय